• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

महायज्ञमा चार करोड सङ्कलन

२०७८ पौष १३, मंगलबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
महायज्ञमा चार करोड सङ्कलन


Author
हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माण सम्पन्न गर्नका लागि आयोजना गरिएको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा रु चार करोड बढी आर्थिक सङ्कलन भएको छ । आश्रमले सोमबार भरतपुर–३ नारायणगढस्थित निर्माणाधीन भवनमा पत्रकार सम्मेलन गर्दै महायज्ञबाट रु चार करोड पाँच लाख ५९ हजार २१४ सङ्कलन भएको जनाएको हो । पत्रकार सम्मेलनमा मानवसेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सेनाले महायज्ञका क्रममा रु एक करोड ८५ लाख ७४ हजार ९६८ नगद सङ्कलन भएको जानकारी दिएका छन् । त्यस्तै रु दुई करोड १९ लाख ८४ हजार २४६ बोलकबोल भएको तिमिल्सेनाको भनाइ छ । बोलकबोल भएको रकममध्ये पनि करिब रु एक करोड बराबरको चेक भएको र बाँकी रकम फागुनभित्र दिने प्रतिबद्धता भएको तिमिल्सेनाले बताए ।

मानवसेवा आश्रमको भवन निर्माणका लागि ३३ जनाले एक कोठा बराबरको रकम प्रदान गर्ने प्रतिबद्धता जनाएका तिमिल्सेनाको भनाइ छ । उनका अनुसार कोठा अभियानका लागि रु एक करोड ७३ लाख ५३ हजार ५५२, कलश दानबाट रु ९१ हजार ७१० सङ्कलन भएको छ । गत मङ्सिर २६ देखि पुस ४ गतेसम्म सञ्चालन भएको महायज्ञ सम्पन्न गर्न रु ४१ लाख सात हजार ४६२ खर्च भएको तिमिल्सेनाले बताए ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले भवन निर्माणका लागि रु दुई करोड खर्च भइसकेको भन्दै रु एक करोड सहकारीबाट ऋण लिएको बताए । “हामीले चितवनमा आश्रम भवन बनाउन सहकारीबाट एक करोड ऋण लिएका थियौँ”, अधिकारीले भने, “५० लाख बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट सहयोग आएको थियो बाँकी रकम मानवसेवा आश्रमको केन्द्रीय कार्यालयबाट सापटी लिएर काम गरेका थियौँ ।” महायज्ञबाट सङ्कलन भएको रकमबाट सहकारीको ऋण तिरेर बाँकी रकमले भवन निर्माण सम्पन्न गरिने अधिकारीको भनाइ छ ।

पुस १५ बाट महाकाली–मेची यात्रा

मानवसेवा आश्रमले यही पुस १५ देखि महाकाली–मेची यात्रा सुरु गर्ने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । जाडो महिनामा सडक किनारमा धेरै मानिसले रात बिताउने गरेका भन्दै अधिकारीले उनीहरुको उद्धारका लागि महाकाली–मेची यात्रा सुरु गर्न लागेको बताए । “हामीले गत वर्ष मेचीबाट यात्रा सुरु गरेका थियौँ, त्यसबेला हामीले सडकबाट ७५० जनाको उद्धार गरेका थियौँ”, अधिकारीले भने, “यस वर्ष महाकालीबाट यात्रा सुरु गर्दैछौँ । हाम्रो यात्रा १७ दिनमा पूरा हुन्छ ।”

यात्राका क्रममा राजमार्ग छेउमा पर्ने स्थानीय तहहरूसँग मानवताका बारेमा र सहयोगपेक्षी सडक मानवका विषयमा अन्तक्र्रिया गरिने अधिकारीले बताए । महाकाली– मेची यात्राका लागि दुईवटा टोली निर्माण गरिएको भन्दै उनले मुख्य टोलीमा १५ जना सहभागी हुने बताए । “हाम्रो १५ जनाको टोलीले पूर्वपश्चिम राजमार्ग र नजिकैका मुख्य बजार क्षेत्रमा यात्रा गर्नेछ”, अधिकारीले भने, “अर्को टोलीले राजमार्गबाट उत्तरतर्फ भएका काठमाडौँ, पोखरालगायतका सहरमा यात्रा गर्दै सहयोगापेक्षी सडक मानवको उद्धार गर्नेछ ।”

महाकालीबाट मेचीसम्मको यात्राका क्रममा राजमार्ग वरिपरिका मानवसेवा आश्रमका विभिन्न ११ वटा जिल्ला शाखाको भ्रमणसमेत गरिने अधिकारीले बताए । सडक किनारबाट उद्धार गरिएका सहयोगापेक्षी सडक मानवलाई उद्धार गरेर जिल्ला शाखामा व्यवस्थापन गरिने अधिकारीले बताए । मानवसेवा आश्रमले देशका सातवटै प्रदेशका १७ जिल्लामा २५ वटा शाखा सञ्चालन गरेको छ ।

बाट थप

  • रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…
  • बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउनेबिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने
  • धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सानधेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान
  • बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपायबालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    नविल बैंकको वार्षिक साधारणसभा पुस १३ गते

    नविल बैंकको वार्षिक साधारणसभा पुस १३ गते

    पाँच मिनेटमै १०० लिटर पानी पिउने अचम्मको जनावर ऊँटबारे रोचक तथ्यहरू

    पाँच मिनेटमै १०० लिटर पानी पिउने अचम्मको जनावर ऊँटबारे रोचक तथ्यहरू

    इजरायलमा बन्दुकधारीले एक्कासि चलाए गोली, कारबाहीमा तीनको मृत्यु

    इजरायलमा बन्दुकधारीले एक्कासि चलाए गोली, कारबाहीमा तीनको मृत्यु

    आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन : ओली

    आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन : ओली

    राष्ट्रपतिबाट दुई देशमा आवासीय राजदूत नियुक्त

    राष्ट्रपतिबाट दुई देशमा आवासीय राजदूत नियुक्त

    ‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

    ‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

    बैंकहरुले ब्याज उठाउन नसक्दा वित्तीय क्षेत्रमा जोखिम

    बैंकहरुले ब्याज उठाउन नसक्दा वित्तीय क्षेत्रमा जोखिम

    प्रधानमन्त्री कपको बागमती प्रदेश छनोटका लागि काठमाडौंले गर्‍यो खेलाडी विदाइ

    प्रधानमन्त्री कपको बागमती प्रदेश छनोटका लागि काठमाडौंले गर्‍यो खेलाडी विदाइ

    पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

    पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

    काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

    काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

    भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

    भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

    नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने

    नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने

    पर्साको ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानमा सिसि क्यामरा जडान

    पर्साको ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानमा सिसि क्यामरा जडान

    यस आर्थिक वर्षमा कालिका नगरपालिकाले संकलन गर्‍यो झण्डै डेढ करोड राजस्व

    यस आर्थिक वर्षमा कालिका नगरपालिकाले संकलन गर्‍यो झण्डै डेढ करोड राजस्व

    चितवनमा अनुचित लेनदेनका ६९ उजुरीमाथि छलफल

    चितवनमा अनुचित लेनदेनका ६९ उजुरीमाथि छलफल

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    समाचार
    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑