नेपाल विद्युत प्राधिकरणले शनिबार पोल भाडा नतिर्ने ईन्टरनेट सेवा प्रदायकको तार काटेपछी सेवा प्रदायकले आइतबार नेट सट डाउन गरेका छन् ।
पोल भाडा तिरिसकेका सेवा प्रदायकले पनि ईन्टरनेट सट डाउन गरेपछी जिल्लाभर ईन्टरनेट अवरुद्ध भएको छ ।
सरकारी कार्यालयदेखि बैंक तथा वित्तीय संस्थाका सबै सेवा ठप्प भएपछी चितवनका सिडिओ आस्मान तामाङले सेवा प्रदायक र प्राधिकरणका कर्मचारीलाइ छलफलका लागि बोलाएका छन् ।
कुनै पनि बहानामा ईन्टरनेट सेवा अवरुद्ध गर्न नहुने भन्दै उनले छलफलबाट सहमतिगरी ईन्टरनेट सेवा सुचारु गरिने बताए ।
इन्टरनेट अवरुद्ध भएपछी सरकारी कार्यालय र बैंक लगायत विभिन्न क्षेत्रका सेवाग्राहीले दुख पाएका छन । प्राधिकरणको भरतपुर बितरण केन्द्रले शनिबार पोल भाडा नतिर्ने ठूला ईन्टरनेट सेवा प्रदायकको तार काटेको थियो ।
त्यसलगत्तै सेवा प्रदायकका कर्मचारीहरुले बिरोध र्याली निकालेका थिए । पोल भाडा तिर्ने बिषयमा सेवा प्रदायक र प्राधिकरण बीच बिबाद रहंदै आएको छ ।
इन्टरनेटको मूल्य ३०० सम्म बढ्नसक्छ
नेपाल विद्युत प्राधिकरणले २०७५ सालमा बढाएको पोल भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काट्न थालेपछि कम्प्यूटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले विरोध जनाएको छ ।
प्राधिकरणले भरतपुर, बुटवल, काठमाडौं, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, धनगढीलगायतका स्थानमा इन्टरनेटका तार काटेको छ । देशैभर तार काट्न थालेपछि क्यान महासंघले इन्टरनेट व्यवसायीलाई साथ दिँदै प्राधिकरणको विरोध गरेको हो ।
प्राधिकरणले तार काटेको स्थानमा इन्टरनेट सेवामा अवरुद्ध पुगेको महासंघको भनाई छ ।
प्राधिकरणले हिजो शनिबारदेखि पोलको भाडा नतिर्ने इन्टरनेट व्यवसायीको तार काट्न थालेको छ । यसको विरोध गर्दै क्यानले प्राधिकरणको पछिल्लो गतिविधिबाट पूर्वाधारको लागत अझ बढन गई इन्टरनेट सेवा प्रवाहमा प्रति ग्राहक ३ सयसम्म शुल्क बढ्ने चेतावनी दिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस