• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ बैशाख ३०, मंगलबार | Tue, 13, May, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर

२०७८ आश्विन ८, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर


Author
हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्न लागेको हो ।

निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही असोज १५ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।

कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १९ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले हाल लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ हुने र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रु २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बिबी इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने बुझिन्छ ।

कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्ब ५० करोडको प्रतिशेयर रु १०० अङ्कित दरले हुने एक करोड ५० लाख कित्ता शेयरमध्ये १५ प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि छुट्याइएको रु १० अङ्कित मूल्यका १५ लाख कित्ता शेयर र संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको तीन लाख कित्ता शेयर गरी १८ लाख कित्ता शेयर गत भदौ १ देखि निष्काशन खुला गरिएको थियो जसको बाँडफाँट गत बुधबार भइसकेको छ ।

पाटनमा पहिलोपटक संस्कृत विषयको पढाइ हुने
पछिल्लो समय संस्कृत शिक्षा सङ्कटमा पर्दै गएको भन्दै बैतडीको पाटन नगरपालिकामा संस्कृत विषयको पढाइ हुने भएको छ ।

नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा संस्कृत विषय पढाउने निर्णय गरेको हो । पाटन जिल्लाका १० वटै स्थानीय तहमध्ये संस्कृत विषय पढाउने पहिलो पालिका हो ।
चालु शैक्षिक सत्रदेखि ऐच्छिक विषयका रुपमा कक्षा ६ मा पढाइ सुरु हुने शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिनुभयो ।

त्यसपछि क्रमागतरुपमा कक्षा ७ र ८ मा पनि पढाइ गरिनेछ । “कक्षा ६ देखि ८ सम्म एउटा विषय स्थानीय अथवा अन्य कुनै विषय पढाउनुपर्ने भएकाले आफूहरुले संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेको हो”, उहाँले भन्नुभयो, “संस्कृत विषयले भाषागत ज्ञानको विकास गर्ने भएकाले संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेका हौँ ।”

संस्कृत विषयको पाठ्यक्रम र पाठ्यपुस्तकसमेत तयारी अवस्थामा पाइने भएकाले संस्कृत पढाउन सहज हुने नगरपालिकाले जनाएको छ । नगरपालिकामा संस्कृत विषय पढाउनका लागि जनशक्ति अभाव नरहेको पठनपाठन गराउने व्यवस्था मिलाउन विद्यालयलाई निर्देशनसमेत दिइसकेको छ । पछिल्लो समयमा संस्कृत विषयको पढाइ नहुँदा भाषागत समस्यासमेत आएकाले नैतिक शिक्षा र भाषागत ज्ञानको विकासका लागि पनि संस्कृत विषयले महत्वपूर्ण योगदान पु¥याउने नगरपालिकाले विश्वास गरेको छ ।

यता पाटनकै केही शिक्षकले संस्कृत विषय अहिलेको आवश्यकता नरहेको आँैल्याएका छन् । उनीहरुले युग सुहाउँदो विषय पढाउनुपर्नेमा जोड दिएका छन् । संस्कृत विषयले विद्यार्थीलाई नैतिकवान् बनाउन सहज हुने भए पनि युग सुहाउँदो व्यवसायीकरण, आधुनिक तथा विशिष्ट शैलीको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरेको भए उत्तम हुने पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमूना माविका प्रधानाध्यापक तर्कराज भट्टले बताउनुभयो ।

संस्कृत विषयको सट्टा जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने भूमेश्वर मावि ठाँडका प्रधानाध्यापक वीरेन्द्र चन्दले बताउनुभयो । यसैबीच बैतडीका दुई वटामा विद्यालयमा माध्यमिक तहसम्म संस्कृत शिक्षाको पढाइ हुने गरेकामा हाल साधारणतर्फकै पढाइ हुने गरेको छ । स्थानीय तह बन्नुभन्दा पहिलादेखि नै बैतडीको शङ्कर संस्कृत मावि मूलखटाली र सरस्वती मावि नगतडीमा मात्रै संस्कृत शिक्षाको पढाइ हुने गरेको थियो । तर पछिल्लो समय यो शिक्षाका विषयमा कमजोर बुझाइ भएका कारण संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएको छ । ती विद्यालयमा पनि संस्कृत पढ्ने विद्यार्थी छैनन् ।

संस्कृत भाषा, भाषाको जननी भएको भए पनि संस्कृत शिक्षाकाबारेमा गलत बुझाइले संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएको जानकार बताउँछन् । यो विषयलाई कुनै वर्ग विशेषले मात्रै पढ्नुपर्छ भन्ने मान्यताले पनि यसप्रतिको आकर्षण घट्दै गएको संस्कृतिका जानकार जयानन्द भट्टको भनाइ छ । संस्कृत शिक्षामा भएका सकारात्मक कुराको प्रचारप्रसार नहुनाले संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएको छ ।

“संस्कृत शिक्षाले नेपाली भाषाको पठन र लेखनमा समेत शुद्धता ल्याउने भए पनि संस्कृत शिक्षा पढ्नेको सङ्ख्या घटेसँगै शुद्धसँग नेपाली भाषाको पठन र लेखन गर्नसक्ने नागरिक पनि घट्दै गएका छन्”, उहाँले भन्नुभयो, “संस्कृत शिक्षामा नैतिकता र अनुशासनका पाठ भएकाले संस्कृत पढेका विद्यार्थी अन्यको तुलनामा सभ्य र शालिन हुने भए पनि पछिल्लो समयमा यो भाषाका विद्यार्थी कम हुँदै गएका छन् ।”

  • ##आइपिओ हाइड्रोपावर

बाट थप

  • भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा कृष्णबहादुर पौडेलभरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा कृष्णबहादुर पौडेल
  • “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!“जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!
  • भरतपुरमा स्काईवेल इभी गाडीको बिक्री शुरुभरतपुरमा स्काईवेल इभी गाडीको बिक्री शुरु
  • बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदाबागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    प्रधानमन्त्री ओली लुम्बिनीमा (फोटोफिचर)

    प्रधानमन्त्री ओली लुम्बिनीमा (फोटोफिचर)

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने

    अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

    बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    समाचार
    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑