• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन ७, आईतबार | Sun, 24, Sep, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

४३ वर्षपछि मूर्तरुप लिँदै लुम्बिनी गुरुयोजना

२०७८ आश्विन ८, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
४३ वर्षपछि मूर्तरुप लिँदै लुम्बिनी गुरुयोजना

Author
हेल्लो चितवन अन्लाईन्
(२ साल अघि)

सिद्धार्थनगर-लुम्बिनी गुरुयोजनाको अन्तिम कामको सुरुआत भएको छ । लुम्बिनी विकास कोषले बिहीबार एक समारोहबीच अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ ।

विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार कोषले लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग अलग-अलग ठेक्का सम्झौता गरेको हो । सदस्यसचिव शाक्यले भने, ‘गुणस्तरीय काम समयमै सक्ने गरी हामीले ठेक्का सम्झौता गरेका छौँ, विश्वका ११५ देशका नागरिकले भ्रमण गर्ने लुम्बिनीको काम अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्छ, कुनै कैफियत हुन दिने छैनौँ ।’

गुरुयोजनाको अन्तिम कामको सुरुआत भएसँगै लुम्बिनीमा अबका दुई वर्षभित्र अस्पताल, सडक १४ किलोमिटर, ड्रेनेज ५५ किलोमिटर, ब्लकरोड २३ किलोमिटर, सडकको दुवैतर्फ आठरआठ मिटरको ग्रिनरी, १३ ठाउँमा आकर्षक गेट, पर्सा र लखरियामा मूर्तिसहित भव्य आकर्षक प्रवेशद्वार, चारवटा पञ्चधातु पार्क, एक सारस सिद्धार्थ पार्क, एक हजार ७०० सडकबत्ती, आठवटा पार्किङस्थल र आन्तरिक लिङ्केज सडक बनाइने विकास कोषका योजना प्रमुख सरोज भट्टाराईले बताए ।

टिसीआइएल सिआइएफ जेभी प्राविधिक परामर्शदाता रहेको उक्त काम रु तीन अर्ब ५० करोड लागतमा सम्पन्न गर्ने गरी अगाडि बढाइएको योजना प्रमुख भट्टराईले बताए। उनले भने, ‘रु सात अर्ब रकम बराबरको काम बाँकी थियो, त्यसमध्ये रु साढे तीन अर्बको कामको ठेक्का सम्झौता भई काम सुरु भयो, अब अझै रु साढे तीन अर्बको कामको ठेक्का लगाउने प्रक्रिया सुरु भएको छ, फोहर व्यवस्थापन, नदी नियन्त्रण, उत्थान्त अडिटेरियम हल तथा अन्य भवन र हरियालीको काम बाँकी छ ।’

निर्माण व्यवसायीसँग कामको सुरुआत गर्ने गरी सम्झौतामा हस्ताक्षरपश्चात लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले भने, ‘यो सामान्यखाले ठेक्का परियोजना होइन, आजभन्दा ४३ वर्ष अगाडि नेपाल सरकारले तत्कालीन समयमा सात गाउँ हटाएर सुरु गरेको आयोजनाहो, यसले अब मूर्तरुप लिँदैछ ।’

विहार क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ । केन्द्रीय नहरको पूर्वपट्टि थेरवादी र पश्चिमपट्टि महायानीहरूका लागि प्लट छुट्याइएका छन् । पूर्वपट्टि नेपाल, भारत, श्रीलङ्का, म्यानमार, कम्बोडिया र थाइल्याण्डले आ-आफ्नो राष्ट्रिय पहिचानमा विहार तथा अतिथिगृह निर्माण गरेका छन् ।

उपाध्यक्ष मेतेयाले नेपाल सरकार र नेपालीले सोचेको संसारकै बौद्ध सहरको रूपमा विकास गर्ने परिकल्पनाले साकार रुप लिँदै गर्दा धेरै खुसी लागेको बताए। टुक्रे योजनामा काम गर्दा समयमै गुरुयोजनाको काम नसकिएको जनाउँदै उनले दुई वर्षसम्मको मेहेनत र प्रयास तथा सबैको सहयोगले एउटै प्याकेजमा गुरुयोजनाको अन्तिम कामको सुरुआतसमेत गरिएको जानकारी दिए ।

उनले निर्माण व्यवसायीसँग भने, ‘नेपालीहरुले पनि अन्तर्राष्ट्रियस्तरको काम गर्न सक्छन् भनेर देखाउने अवसर यहाँहरुलाई प्राप्त भएको छ, भगवान्को आशीर्वाद लिने काम गर्दै हुनुहुन्छ, समय, फिनिङसिङ, गुणस्तर, वनवातावरण, पुरातत्वलाई ध्यान दिएर काम गर्नुहोला ।’ सम्झौतापश्चात निर्माण व्यसायीका तर्फबाट रमन कन्सट्रक्शनका प्रबन्ध निर्देशक पवन महतोले समयमै गुणस्तरीय काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना ४३ वर्ष बितिसक्दासमेत अधुरो रहँदै आएको थियो । चार दशकमा ८० प्रतिशत मात्र काम भएको छ । अहिलेसम्म गुरुयोजनाअनुसार विहार क्षेत्रमा सबैभन्दा बढी रु डेढ अर्ब खर्च भएको छ । १२ वटा विहार नेपालले निर्माण गरेको छ । सबैभन्दा आकर्षक मानिने चिनियाँ र जर्मनीका विहार निर्माणका लागि दुवै मुलुकले रु ५२ करोड ८० लाख लगानी गरेका छन् । अर्को थाइल्याण्डले रु १० करोड २५ लाख लागतमा विहार बनाएको छ ।

लुम्बिनीग्राम क्षेत्रमा रु एक अर्ब २७ लाखभन्दा बढी खर्च भएको छ । त्यस क्षेत्रमा निर्माण भएका होक्के र कासाई होटलले रु ३० करोड ७० लाख लगानी गरेका छन् । यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी सङ्ग्रहालय भारत सरकारको रु ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ । जापानी संस्था रेयुकाईले रु ३० करोड ८० लाख लागतमा अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यस क्षेत्रमा अझै करिब रु तीन अर्ब लागतमा विभिन्न भौतिक संरचना निर्माण हुनेछन् ।

लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महत्वपूणर् मानिने पवित्र उद्यान क्षेत्रमा रु ४० करोड लगानी भएको छ । त्यस क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि रु १३ करोड ३७ लाख खर्च भएको छ । मायादेवी मन्दिर निर्माणका लागि रु सात करोड लागेको थियो । यस्तै लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा रु २९ करोड ७३ लाख लगानी भएको छ । नहर निर्माणमा मात्रै रु २४ करोड खर्च भएको छ ।

कोषका अनुसार ४३ वर्षअघि टाँगेले प्रस्ताव गरेको गुरुयोजनाअनुसार लुम्बिनीका प्रमुख भू-भागका रूपमा रहेका तीन वर्गमाइलभित्र उद्यान, अन्तर्राष्ट्रिय विहार र लुम्बिनीग्राम गरी तीनवटा क्षेत्र समावेश छन् । त्यसलाई एकरएक वर्गमाइलमा विभाजन गरी उत्तरतर्फ लुम्बिनीग्राम, दोस्रो खण्ड अन्तर्राष्ट्रिय विहार र गुम्बा क्षेत्र नामाकरण गरिएको छ । बाँकी एक वर्ग माइलको दक्षिणतर्फ पवित्र उद्यान नाम दिइएको छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ । जहाँ बुद्धले धर्तीमा पहिलो पाइला टेकेका थिए । लुम्बिनी ग्राममा विश्वशान्ति स्तुपा, उच्चस्तरीय आवासका लागि होक्के होटल, सारस फाउण्डेशन, मध्यमस्तरीय होटल कासाइ र श्रीलङ्काको पिलग्रिमेज हाउस अवस्थित छन् ।

पर्सा-तौलिहवा सडकको दक्षिणपट्टि सांस्कृतिक केन्द्रमा लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्था, लुम्बिनी सङ्ग्रहालय र बसपार्क तथा विकास कोषको कार्यालयसमेतका भाग छन् । विहार क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ । केन्द्रीय नहरको पूर्वपट्टि थेरवादी र पश्चिमपट्टि महायानीहरूका लागि प्लट छुट्याइएका छन् । पूर्वपट्टि नेपाल, भारत, श्रीलङ्का, म्यानमार, कम्बोडिया र थाइल्याण्डले आ-आफ्नो राष्ट्रिय पहिचानमा विहार तथा अतिथिगृह निर्माण गरेका छन् ।

पश्चिमपट्टि नेपाल, कोरिया, चीन, जापान, फ्रान्स, भुटान, जर्मनीका सरकार तथा संस्थाले पनि आ(आफ्नो अस्तित्व पुष्टि गर्ने विहार एवं स्तुप तयार गरेका छन् । नहर तथा आन्तरिक सडकको दायाँ-बायाँपट्टि योजनाअनुरूप पंक्तिबद्ध ढङ्गले वृक्षरोपण गरिएको छ । केन्द्रीय नहरको दक्षिण र दक्षिण(पूर्व कुनामा क्रमशः विश्वशान्ति दीप र शान्ति घण्ट अवस्थित छन् ।

सर्कुलर लेभीको बीचमा अवस्थित पुरातात्विक बगैँचामा अशोकस्तम्भ, मायादेवीको मन्दिर, पुष्करिणी तलाऊ, स्तुप र विहारका स्मारकहरू छन् । यो क्षेत्र विशेष संवेदनशील भएकाले वर्षाको बाढीबाट बचाउन वरिपरि चारवटा पोखरी बनाइएका छन् । तीन वर्गमाइलको बाहिरपट्टि मध्यवर्ती क्षेत्र र निषेधित क्षेत्र भए पनि व्यक्तिगत भवन बनाइएको देखिन्छ । सन् १९९७ मा विश्व सम्पदामा सूचीकृत भएको हो, लुम्बिनी । ‘स्मार्टसिटी’का रूपमा विकास गर्ने गरी सरकारले गृहकार्यसमेत थालेको छ ।

थप दुई गुरुयोजना

प्राध्यापक टाँगेको गुरुयोजना पूरा नहुँदै थप दुई गुरुयोजनाको विषयमा पनि अभ्यास हुन थालेको छ । कोरियाली प्राध्यापक डा योङ हुन क्वाकले लुम्बिनी विश्व शान्तिग्रामको गुरुयोजना तयार पार्नुभएको छ । नेपाल सरकारले पनि रूपन्देही, कपिलवस्तु र नवलपरासीलाई जोडेर बृहत्तर लुम्बिनी गुरुयोजनाको योजना प्रस्ताव गरी काम अगाडि बढाएको छ ।

लुम्बिनी गुरूयोजनाको कार्यान्वयन तथा सुपरीवेक्षणका लागि सन् १९७१ मा लुम्बिनी विकास समिति गठन गरियो । इसापूर्व तेस्रो शताब्दीदेखि हालसम्म लाखौँ धर्मावलम्बी तथा पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । त्यतिबेला सम्राट अशोक आफ्ना गुरू उपगुप्तको नेतृत्वमा बुद्ध जन्मस्थल लुम्बिनी आएको तथ्य कुण्डलवदन तथा अशोकस्तम्भको अभिलेखले पुष्टि गरेका छन् ।

अभिलेखमा शाक्यमुनि भनी स्पष्टरूपमा किटान गरिएको छ । अशोकले लुम्बिनीमा एक लाख असर्फी वितरण गर्नाका साथै एउटा चैत्यसमेत स्थापना गरेका थिए । मौर्य, शुङ्ग, कुषाण र गुप्तकालमा पनि विभिन्न महानुभाव आएर विहार, मन्दिर वा स्तुपा निर्माण गर्ने र कलावस्तु समर्पण गरी श्रद्धा प्रकट गर्दै आएका थिए । त्यतिबेलाका अवशेष लुम्बिनीमा फेला परिसकेका छन् । चिनियाँ यात्रीमध्ये पाँचौँ र सातौँ शताब्दीमा लुम्बिनी आएका सुई चिङ(चु, फाहियान र हु एन(साङले यहाँको वस्तुस्थिति तथा परिवेशबारे उल्लेख गरेका छन् ।

मायादेवीले स्नान गरेको पोखरी, उत्तरपट्टि २० पाइला हिँडेको र रूखको हाँगा समातेको जस्ता घटनाक्रम उनले फाहियान उल्लेख गरेका थिए । हु एन-साङले ऐनाजस्तो सफा फूल फुलेको स्नान तलाऊ (पुष्करिणी पोखरी), लडेको अशोकवृक्ष, स्तुप आदि देखेको विवरण यात्रा वृत्तान्तमा समावेश गरेका छन् । प्राप्त कलावस्तु एवं पुरावशेषले प्राचीनकालदेखि पालसेनकलाको प्रभावसमेत रहेको पुष्टि गरिएको छ । पूर्व मध्यकालमा खसान प्रदेशका रिपु मल्ल यहाँ आई अशोकस्तम्भमा आफ्नो नाम उत्कीणर् गराएका थिए । सिकन्दर लोदी (१४८९-१५१७) र औरंगजेव (१६६८-१७०७)को आक्रमणले कपिलवस्तु तथा देवदहमा जस्तै लुम्बिनीमा पनि विभिन्न कलावस्तु विनाश गरिएको तथ्य लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशकसमेत रहनुभएका प्राध्यापक डा गितु गिरी बताउँछन् ।

  • ##लुम्बिनी

बाट थप

  • घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?
  • अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारीअक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी
  • महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोगमहिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग
  • भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणाभारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    समाचार
    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑