• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भारतमा देखापरेको निपा भाइरस, नेपालमा कति जोखिम?

September 11, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
भारतमा देखापरेको निपा भाइरस, नेपालमा कति जोखिम?


हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

भदौ, काठमाडौँ। छिमेकी राष्ट्र भारतको केरलमा निपा भाइरसको संक्रमण पुष्टिसँगै नेपाल पनि जोखिममा देखिएको छ । सेपटेम्बर ५ मा निपा भाइरसबाट १२ वर्षीय एक बालकको मृत्यु भइसकेको छ । नेपाल पनि भाइरसको जोखिममा हुन सक्ने विज्ञहरुले बताएका छन् ।

के हो निपा भाइरस?

विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस जुनोटिक भाइरस हो जुन जनावरबाट मानिसमा सर्ने गर्दछ । यो भाइरस दूषित खाना र मानिसबाट मानिसमा सिधै पनि सर्न सक्छ । भाइरबाट संक्रमित जनावर जस्तै चमेरो तथा सुँगुरको थुक र पिसाबबाट मानिसमा सर्न सक्छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो भाइरस पहिलोपटक मलेसिया तथा सिंगापुरमा सन् १९९८–९९ मा देखिएको थियो । यो भाइरसको नाम मलिसियाको एक गाउँबाट राखिएको हो ।

यो भाइरस पहिलोपटक घरपालुवा सुँगुरमा देखिएको थियो जसबाट ३ सय जना संक्रमित बन्न पुगेका थिए र १०० जनाको मृत्यु भएको थियो । भाइरस नियन्त्रणका लागि १० लाखभन्दा बढी सुँगुर पनि मारिएको थियो । त्यसपछि यता भने उक्त ठाउँमा संक्रमण देखिएको छैन तर भारत र बंगलादेशमा भने बेला-बेलामा संक्रमण देखिएको छ ।

भारतमा सन् २००१ को जनवरी–फेब्रुअरीमा पश्चिम बंगालको सिलिगुडीमा पहिलोपटक यो भाइस देखिएको थियो । त्यतिबेला ६६ जनामा संक्रमण देखिएको थियो । त्यसपछि सन् २००७ मा पनि यो भाइरस देखियो । सन् २०१८ मा पुन: यो भाइरस देखिएको थियो जसमा १७ जनाको मृत्यु भएको थियो ।

बंग्लादेशमा भने सन् २००१ मा यो भाइरस देखिएको थियो ।

निपा भाइरसका लक्षण के-के हुन् ?

निपा भाइरसका लक्षणविहीनदेखि सामान्य तथा गम्भीर खालका लक्षणहरु हुन सक्छन् । सुरुमा यसले मस्तिष्क सुनिन्छ जसलाई इन्सेफ्लाइटिस पनि भनिन्छ । यसले मृत्यु पनि गराउन सक्छ ।

भारत र बंगलादेशमा देखिएको यो भाइरसको संक्रमण फलफूलबाट पाइएको छ । काँचो खजुरका जुस यदि चमेरोले खाएको छ भने त्यसको पिसाब तथा थुकबाट मानिसमा सर्न सक्छ । त्यसैले फलफूल खाँदा मज्जाले धोएर अनि ताछेर खानुपर्ने चिकित्सकको सुझाव छ ।

भाइरसको सम्पर्कमा आएको ४ देखि २ हप्ताभित्रको समयमा लक्षणहरु देखा पर्न सक्छन् ।४५ दिनसम्म पनि लक्षणहरु देखिन सक्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमा ज्वरो तथा टाउको दुख्ने लक्षण ३ दिनदेखि २ हप्तासम्म पनि देखिन सक्छ । यो भाइरसले खोकी, घाँटी दुख्ने तथा श्वास फेर्न अप्ठ्यारो पनि गराउन सक्छ ।

यदि संक्रमितमा इन्सेफ्लाइटिसको समस्या देखिन थाल्यो भने निद्रा लाग्ने, शारीरिक विचलन महसुस हुनुका साथै मानसिक भ्रम हुने र एक– दुई दिनमै कोमा पनि गराउन सक्छ ।

यो रोग मज्जाले निको हुने भए पनि भाइरसको लामो समयसम्म पनि साइड इफेक्ट हुन सक्छन् । निरन्तर झट्का लागेजस्तो हुनु र व्यक्तित्वमा परिवर्तन पनि आउन सक्छ ।

नेपालमा यसको जोखिम कति? यसो भन्छन् विज्ञ?

निपा भाइरसको हालसम्म कुनै पनि औषधि तथा खोप उपलब्ध भइसकेको छैन । त्यसैले जनचेतना एकदम आवश्यक देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ४० देखि ७५ प्रतिशत केसमा मृत्यु हुन सक्छ । विश्व स्वास्थ्य संगठनले यो रोगलाई प्राथमिकतामा पर्ने रोग भनेर बताएको छ ।

विज्ञहरुका अनुसार यदि यो भाइरसको आउटब्रेकको शंका गरिएको छ भने त्यो ठाउँलाई तुरुन्त क्वारेन्टाइन गरिहाल्नुपर्छ । नेपालमा भने यो भाइरस परीक्षण गर्ने सुविधाहरु उपलब्ध भइसकेका छैनन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भने यो परीक्षण सम्भव छ ।

हालसम्म नेपालमा निपा भाइरसका केस देखिएका छैनन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार नेपालमा यो भाइरस पुष्टि नभएतापनि पनि जोखिममा रहेको बताउँछन् । डा. पुन भन्छन्–‘ भाइरस फैलाउने खालको चमेरोहरु नेपालमा पनि पाइन्छन् । यो भाइरसको परीक्षण नगरिएको हो वा के हो थाहा भएन अहिलेसम्म पुष्टि भएका केसहरु देखिएका छैनन् ।’ उनले यो भाइरस अति संक्रामक भएको र मृत्युको जोखिम पनि बढी रहेको भन्दै सरकार चनाखो रहनुपर्ने बताए ।

डा. पुनले यो भाइरस उच्च संक्रामकसँगै मृत्युको जोखिम गराउने भएकाले सरकार चनाखो रहनुपर्ने बताए । ‘पहिला पनि भारतमा देखिएको हो । यो भाइरसको प्रभाव एकदम छिटो हुन्छ अचेत नै बनाउने अनि मृत्यु नै हुने हुन्छ । हाम्रो सिमाना पनि खुल्ला छ । त्यसमाथि यो सार्ने चमेरो पनि नेपालमा पाइन्छन्। कोरोना मात्र होइन मौसमी संक्रामक रोगका लागि पनि सरकारले ध्यान दिनुपर्छ । किनभने धेरैजसो संक्रामक रोग कोरोनासँग मिल्दोजुल्दो छन् ,’ उनले भने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले भारतको केरलमा निपा भाइरसको संक्रमण बढिरहेकाले सबैले सतर्कता अपनाउनुपर्ने आग्रह गरेको छ ।

ईडीसीडीका निर्देशकसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले ७ वटै प्रदेशमा निपा भाइरसका लक्षण लिएर स्वास्थ्य संस्थामा आउनेको विस्तृत विवरण लिइ प्रयोगलाहरुको समन्वयमा नमुन संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशिघ्र पठाउन आग्रह गरेका छन् ।

उनले रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएका वा मृत्यु भएका बिरामीहरुको समयमै अनुसन्धान गर्न सबै अस्पताललाई पत्राचार गरिएको बताएका छन् ।

प्रयोगशालाकी निर्देशक डा. रुणा झाले यो भाइरस परीक्षण गर्नका लागि विश्व स्वास्थ्य संगठनसँग स्टकमा राख्नको लागि रिएजेन्ट मगाइएको बताइन् ।

डा‍. झाका अनुसार यो भाइरस परीक्षणका लागि पीसीआर मेसिनबाट नै हुन्छ तर यसका लागि छुट्टै किसिमको रिएजेन्ट आवश्यक हुन्छन् । ‘रिएजेन्टको म्याद गुज्रिने हुन्छ । कुनै ६ महिना वा कुनै १ वर्षसम्म काम लाग्छ । एकपटक गरियो त्यसपछि गरिएन भन्ने त्यो काम लाग्दैन । भाइरस देखिएपछि आवश्यकता हुन्छ ,’ उनले भनिन् ।

डा. झाले संगठनबाट परीक्षणका लागि छिट्टै नै रिएजेन्ट आइपुग्ने बताइन् ।@कान्तिपुर

बाट थप

  • देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेतदेउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दरराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर
  • ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्युढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
  • देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावनादेशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑