• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भारतमा देखापरेको निपा भाइरस, नेपालमा कति जोखिम?

२०७८ भाद्र २६, शनिबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
भारतमा देखापरेको निपा भाइरस, नेपालमा कति जोखिम?


हेल्लो चितवन अन्लाईन्
(२ साल अघि)

भदौ, काठमाडौँ। छिमेकी राष्ट्र भारतको केरलमा निपा भाइरसको संक्रमण पुष्टिसँगै नेपाल पनि जोखिममा देखिएको छ । सेपटेम्बर ५ मा निपा भाइरसबाट १२ वर्षीय एक बालकको मृत्यु भइसकेको छ । नेपाल पनि भाइरसको जोखिममा हुन सक्ने विज्ञहरुले बताएका छन् ।

के हो निपा भाइरस?

विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस जुनोटिक भाइरस हो जुन जनावरबाट मानिसमा सर्ने गर्दछ । यो भाइरस दूषित खाना र मानिसबाट मानिसमा सिधै पनि सर्न सक्छ । भाइरबाट संक्रमित जनावर जस्तै चमेरो तथा सुँगुरको थुक र पिसाबबाट मानिसमा सर्न सक्छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो भाइरस पहिलोपटक मलेसिया तथा सिंगापुरमा सन् १९९८–९९ मा देखिएको थियो । यो भाइरसको नाम मलिसियाको एक गाउँबाट राखिएको हो ।

यो भाइरस पहिलोपटक घरपालुवा सुँगुरमा देखिएको थियो जसबाट ३ सय जना संक्रमित बन्न पुगेका थिए र १०० जनाको मृत्यु भएको थियो । भाइरस नियन्त्रणका लागि १० लाखभन्दा बढी सुँगुर पनि मारिएको थियो । त्यसपछि यता भने उक्त ठाउँमा संक्रमण देखिएको छैन तर भारत र बंगलादेशमा भने बेला-बेलामा संक्रमण देखिएको छ ।

भारतमा सन् २००१ को जनवरी–फेब्रुअरीमा पश्चिम बंगालको सिलिगुडीमा पहिलोपटक यो भाइस देखिएको थियो । त्यतिबेला ६६ जनामा संक्रमण देखिएको थियो । त्यसपछि सन् २००७ मा पनि यो भाइरस देखियो । सन् २०१८ मा पुन: यो भाइरस देखिएको थियो जसमा १७ जनाको मृत्यु भएको थियो ।

बंग्लादेशमा भने सन् २००१ मा यो भाइरस देखिएको थियो ।

निपा भाइरसका लक्षण के-के हुन् ?

निपा भाइरसका लक्षणविहीनदेखि सामान्य तथा गम्भीर खालका लक्षणहरु हुन सक्छन् । सुरुमा यसले मस्तिष्क सुनिन्छ जसलाई इन्सेफ्लाइटिस पनि भनिन्छ । यसले मृत्यु पनि गराउन सक्छ ।

भारत र बंगलादेशमा देखिएको यो भाइरसको संक्रमण फलफूलबाट पाइएको छ । काँचो खजुरका जुस यदि चमेरोले खाएको छ भने त्यसको पिसाब तथा थुकबाट मानिसमा सर्न सक्छ । त्यसैले फलफूल खाँदा मज्जाले धोएर अनि ताछेर खानुपर्ने चिकित्सकको सुझाव छ ।

भाइरसको सम्पर्कमा आएको ४ देखि २ हप्ताभित्रको समयमा लक्षणहरु देखा पर्न सक्छन् ।४५ दिनसम्म पनि लक्षणहरु देखिन सक्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमा ज्वरो तथा टाउको दुख्ने लक्षण ३ दिनदेखि २ हप्तासम्म पनि देखिन सक्छ । यो भाइरसले खोकी, घाँटी दुख्ने तथा श्वास फेर्न अप्ठ्यारो पनि गराउन सक्छ ।

यदि संक्रमितमा इन्सेफ्लाइटिसको समस्या देखिन थाल्यो भने निद्रा लाग्ने, शारीरिक विचलन महसुस हुनुका साथै मानसिक भ्रम हुने र एक– दुई दिनमै कोमा पनि गराउन सक्छ ।

यो रोग मज्जाले निको हुने भए पनि भाइरसको लामो समयसम्म पनि साइड इफेक्ट हुन सक्छन् । निरन्तर झट्का लागेजस्तो हुनु र व्यक्तित्वमा परिवर्तन पनि आउन सक्छ ।

नेपालमा यसको जोखिम कति? यसो भन्छन् विज्ञ?

निपा भाइरसको हालसम्म कुनै पनि औषधि तथा खोप उपलब्ध भइसकेको छैन । त्यसैले जनचेतना एकदम आवश्यक देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ४० देखि ७५ प्रतिशत केसमा मृत्यु हुन सक्छ । विश्व स्वास्थ्य संगठनले यो रोगलाई प्राथमिकतामा पर्ने रोग भनेर बताएको छ ।

विज्ञहरुका अनुसार यदि यो भाइरसको आउटब्रेकको शंका गरिएको छ भने त्यो ठाउँलाई तुरुन्त क्वारेन्टाइन गरिहाल्नुपर्छ । नेपालमा भने यो भाइरस परीक्षण गर्ने सुविधाहरु उपलब्ध भइसकेका छैनन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भने यो परीक्षण सम्भव छ ।

हालसम्म नेपालमा निपा भाइरसका केस देखिएका छैनन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार नेपालमा यो भाइरस पुष्टि नभएतापनि पनि जोखिममा रहेको बताउँछन् । डा. पुन भन्छन्–‘ भाइरस फैलाउने खालको चमेरोहरु नेपालमा पनि पाइन्छन् । यो भाइरसको परीक्षण नगरिएको हो वा के हो थाहा भएन अहिलेसम्म पुष्टि भएका केसहरु देखिएका छैनन् ।’ उनले यो भाइरस अति संक्रामक भएको र मृत्युको जोखिम पनि बढी रहेको भन्दै सरकार चनाखो रहनुपर्ने बताए ।

डा. पुनले यो भाइरस उच्च संक्रामकसँगै मृत्युको जोखिम गराउने भएकाले सरकार चनाखो रहनुपर्ने बताए । ‘पहिला पनि भारतमा देखिएको हो । यो भाइरसको प्रभाव एकदम छिटो हुन्छ अचेत नै बनाउने अनि मृत्यु नै हुने हुन्छ । हाम्रो सिमाना पनि खुल्ला छ । त्यसमाथि यो सार्ने चमेरो पनि नेपालमा पाइन्छन्। कोरोना मात्र होइन मौसमी संक्रामक रोगका लागि पनि सरकारले ध्यान दिनुपर्छ । किनभने धेरैजसो संक्रामक रोग कोरोनासँग मिल्दोजुल्दो छन् ,’ उनले भने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले भारतको केरलमा निपा भाइरसको संक्रमण बढिरहेकाले सबैले सतर्कता अपनाउनुपर्ने आग्रह गरेको छ ।

ईडीसीडीका निर्देशकसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले ७ वटै प्रदेशमा निपा भाइरसका लक्षण लिएर स्वास्थ्य संस्थामा आउनेको विस्तृत विवरण लिइ प्रयोगलाहरुको समन्वयमा नमुन संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशिघ्र पठाउन आग्रह गरेका छन् ।

उनले रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएका वा मृत्यु भएका बिरामीहरुको समयमै अनुसन्धान गर्न सबै अस्पताललाई पत्राचार गरिएको बताएका छन् ।

प्रयोगशालाकी निर्देशक डा. रुणा झाले यो भाइरस परीक्षण गर्नका लागि विश्व स्वास्थ्य संगठनसँग स्टकमा राख्नको लागि रिएजेन्ट मगाइएको बताइन् ।

डा‍. झाका अनुसार यो भाइरस परीक्षणका लागि पीसीआर मेसिनबाट नै हुन्छ तर यसका लागि छुट्टै किसिमको रिएजेन्ट आवश्यक हुन्छन् । ‘रिएजेन्टको म्याद गुज्रिने हुन्छ । कुनै ६ महिना वा कुनै १ वर्षसम्म काम लाग्छ । एकपटक गरियो त्यसपछि गरिएन भन्ने त्यो काम लाग्दैन । भाइरस देखिएपछि आवश्यकता हुन्छ ,’ उनले भनिन् ।

डा. झाले संगठनबाट परीक्षणका लागि छिट्टै नै रिएजेन्ट आइपुग्ने बताइन् ।@कान्तिपुर

बाट थप

  • अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुनेपेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने
  • चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापनचाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन
  • अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योटअख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    जुत्ता चप्पल दशैं महोत्सवमा ५० प्रतिशत सम्म छुट, उपभोक्ता आकर्षित

    जुत्ता चप्पल दशैं महोत्सवमा ५० प्रतिशत सम्म छुट, उपभोक्ता आकर्षित

    सरसफाइमा महानगरकै नमुना वडा बन्दै भरतपुर–२३

    सरसफाइमा महानगरकै नमुना वडा बन्दै भरतपुर–२३

    यौन दुर्व्यवहारको कारबाही सिफारिस भएपछि एसएसपीले दिए राजीनामा

    यौन दुर्व्यवहारको कारबाही सिफारिस भएपछि एसएसपीले दिए राजीनामा

    आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

    आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    देशले आत्मविश्वास गुमाएको छ: महामन्त्री थापा

    देशले आत्मविश्वास गुमाएको छ: महामन्त्री थापा

    जेष्ठ नागरिकको अधिकारी रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री जोशी

    जेष्ठ नागरिकको अधिकारी रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री जोशी

    पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

    पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    समाचार
    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑