भदौ चितवन। चितवनमा केही क्षेत्रमा जारी रहेको निषेधाज्ञालाई थप खुकुलो बनाउदै १० दिन पुन थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले आज शनिबार एक सूचना जारी गर्दै सो सम्बन्धी जानकारी दिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार निषेधाज्ञालाई खुकुलो बनाउँदै भदौ २१ गतेदेखि कुल क्षमताको ५०% हुनेगरी सुरक्षाका मापदण्डको पालना गर्दै बेलुका बेलुका ६ बजेसम्म चितवनमा पार्टी प्यालेस सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । यस्तै २१ गतदेखि कानुनअनुसार गर्ने पर्ने सभा, सम्मेलन प्रशाससँग अनुमति लिएर गर्न पाउने निर्णय प्रशासनले गरेको छ ।
यस्तै होटल तथा रेष्टुरेण्टहरु भने समय बडायर रातिको ९ बजेसम्म खोल्न पाइने भयको छ ।
संक्रमण घटबढ भएको खण्डमा कुनै पनि बेलामा पनि निषेधाज्ञा थपघट गर्न सकिने बताउँदै प्रशासनले सबैलाई सचेत भएर सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस