साउन, काठमाडौं। नेपाली कांग्रेसको निर्वाचन समितिले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न नसकिने प्रष्टाएको छ।
शीर्ष तहका नेताको बैठकमा समिति संयोजक महादेव यादवले समयाभाव हुने कारणलाई पुनः दोहोर्याएका छन्। यादवले पार्टीका सबै संरचनाको अधिवेशन सक्न निर्वाचन समितिलाई ५२ दिन बढी लाग्ने बताएका थिए। तल्लो तहका अधिवेशन छोट्याएर केन्द्रीय महाधिवेशन गर्ने मत आएपनि कुन कुन तहको गर्नेबारे भने ठोस निर्णय हुन नसकेको बताइएको छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको बैठकले तल्लो संरचनाको अधिवेशनको मिति टुंग्याउन समेत सकेन। तल्लो संरचनाको अधिवेशनको मिति केन्द्रीय समितिले तय गर्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिए।
क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो काम सकेपछि मात्रै तल्लो तहको अधिवेशनको मितिबारे छलफल हुने भएको छ। समितिले मंगलबार बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई प्रतिवेदन बुझाउने भएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस