असार, भरतपुर, चितवन । पश्चिम चितवनको भरतपुर-२५, खद्रौलीमा खेत जोत्ने क्रममा लोकप्रसाद पौडेलको ट्रयाक्टरले च्यापिएर ट्रयाक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ट्रयाक्टर चालक टीकाराम न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
सोमबार राति ११:१५ बजेको समयमा भरतपुर महानगरपालिका-२५, खद्रौलीका स्थानीय रमेश सुवेदीको खेत जोत्ने क्रममा अचानक ट्याक्टर पल्टिँदा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटना हुनासाथ इलाका प्रहरी कार्यालय दिव्यनगरबाट खटिएको प्रहरी टोली र जेसिबीको सहायताबाट बाहिर निकाले पनि निजको मृत्यु भइसकेको थियो । घटनास्थलबाट शवको मुचुल्का गरी पोस्ट मार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस