
चितवनमा निषेधाज्ञा ३१ गतेसम्म लम्बाईयो, सार्वजनिक यातायात भने सञ्चालनमा आउने ।
असार, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बुधवार जारी गरेको सूचनामा शुक्रवार देखि चितवनमा जोर बिजोर प्राणालीमा सार्वजनिक यातायात सञ्चालन हुने उल्लेख छ । यद्यपि निषेधाज्ञाको समय भने असार ३१ गतेसम्मका लागि लम्बाईएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्दा चाकल र यात्रु दुवैले जनस्वास्थ्यको अनिवार्य प्रयोग गर्न अनुरोध गरिएको छ । प्रशासनले सिट क्षमता भन्दा बढी यात्रु नराख्न निर्देशन दिएको छ । चालक र सहचालकले अनिवार्य अनिवार्य मास्क्स र भाईजर लगाउनुपर्ने छ । मास्क नलगाएका यात्रुलाई चढाउन पाईने छैन । कोरोना संक्रमणको जोखिमको कम आकलन गर्दै यसअघि प्रशासनले तीन पांग्रे सार्वजनिक यातायातलाई सञ्चालन गर्न दिएको थियो ।
यस्तै परीक्षा सञ्चालन गर्दा २५ जना भन्दा बढी परिक्षार्थीहरु भेला नहुने गरी सञ्चालन गर्न अनुरोध गरिएको छ । चितवनमा कोरोना संक्रमण बढ्न थालेपछि बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । तर, पछिल्लो समयमा निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको हो । यद्यपि सिनेमा, पार्टी प्यालेस, हेल्थ क्लब, दोहरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, फिटनेस सेन्टर, जिमखाना भने पुर्ण रुपमा बन्द गर्न अनुरोध गरिएको छ । भौतिक रुपमा उपस्थित भई हुने सबै प्रकारका सभा सम्मेलन, सेमिनार, जात्रा, महोत्सव नगर्न भनिएको छ ।
संक्रमण दर घटबढ भएमा जुनसुकै समयमा पुनरावलोकन गर्ने जिल्ला प्रशासनले बताएको छ । प्रशासनले दिएको आदेशलाई अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस