जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको तनावग्रस्त क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।
सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर स्थानीयले राजमार्ग अवरूद्ध, हुलहुज्जत, ढुंगामुडा, आगजनी तथा हुलदंगा गर्ने भन्दै कर्फ्यु जारी गरीएको हो ।
प्रसाशनले हिजो साँझ साढे सात बजेदेखि आज साँझ साढे सात बजेसम्म कफ्र्यु जारी गरीएको जनाएको छ ।
राप्ती नगरपालिका लोथरपुलदेखि डढुवासम्मको राजमार्गको दायाँ बायाँ पाँच सय मिटर भित्र पर्ने सबै क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रसासन कार्यालय चितवनले जनाएको छ ।
गत असार ११ गते घरबाट साथीको घरमा हिँडेकी सुजिताको ११ दिनपछि आइतबार दिउँसो सामुदायिक वनमा शव फेला परेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस