चैत, चितवन। भरतपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा यात्रुहरुलाई तानातान गर्ने, यात्रुहरुसंँग जथाभावी भाडा माग गर्ने, अनावश्यक रुपमा सवारीसाधन रोक्न लगाई सवारी आवागमनमा वाधा पुर्याउने जस्ता क्रियाकलाप गरी यात्रु तथा सवारीसाधनलाई अनावश्यक दु:ख तथा हैरानी दिने र ड्युटीमा खटिएका प्रहरीलाई समेत पटक पटक अवरोध सिर्जना गर्ने गरेको आरोपमा उनीहरुलाइ पक्राउ गरी आवश्यक कार्वाही प्रक्रियालाई अगाडि बढाइएको चितवन प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुखले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस