• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

डा. जागेश्वर गौतम किन ‘उटपट्याङ’ बोल्छन्?

October 10, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
डा. जागेश्वर गौतम किन ‘उटपट्याङ’ बोल्छन्?

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

अशोज, काठमाडौँ | केही समयअघि हेल्थपोस्ट सँगको एउटा अन्तर्वार्तामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भनेका थिए।

त्यो बेला काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उकालो चढ्दै थियो।

अनि, सँगै गौतमले भनेका थिए, ‘काठमाडौंमा अझै भयावह हुन्छ। हेर्नुहोला।’

उनकै भाषामा उनले यो कुरा मन्त्रालयमा प्रवक्ताको कुर्सी सम्हालेको एक महिनापछि भनेका थिए।

डाक्टरको विशेषज्ञताको हिसाबले उनी एक ‘स्त्री रोग विशेषज्ञ’ हुन्।

र, उनी प्रध्यापक पनि हुन्। उनले धेरै ‘डाक्टर’ हरूलाई पढाएका पनि छन्।

स्वास्थ्य मन्त्रालयमा प्रवक्ताका रूपमा आउनुअघि उनी परोपकार प्रसुतीगृहका निर्देशक थिए, विषेज्ञताअनुसार नै।

लगभग नेपालीका ‘कोरोना–आदत’ बन्न लागिसकेका डा. विकास देवकोटालाई विस्थापित गर्दै जेठ २६ गते डा. गौतम टेलिभिजनमा देखिए, ‘डेली कोरोना बिफ्रङ’ मा।

नेपालमा कोरोना संक्रमण सुरु हुन थालेपछिका करिब ७६ दिनसम्म डा। विकास ‘अपेडेट’ मा देखिएका थिए।

त्यो दिनदेखि नै स्वास्थ्य मन्त्रालयको प्रवक्ताका रूपमा उनको त्यो कहिल्यै ‘नहाँस्ने अनुहार’ हरेक दिन नेपालीमाझ ‘हाँसो’ को पात्र बन्दै आएको छ।

९नहाँस्नुको कारण पनि उनले आयोमेलसँग खोलेका थिए।

‘आफूले २ सय रुपैयाँको मास्क किनेर लगाउन नसक्ने अनि सरकारले लाखौं खर्चेर उपचार गरिदिनुपर्ने ?,’ भन्ने डा. गौतमले त्यसको राम्रैसँग ‘डिफेन्स’ गरे।

त्यसको केही समयपछि उनैले सुनाए, ‘सरकारले एकजना संक्रमितका लागि १ लाखभन्दा बढी रकम खर्च गर्दै आएको छ।’

अहिले पनि सामाजिक सञ्जालमा यी प्रवक्ता एउटा गज्जबका ‘हास्य पात्र’ का रूपमा उडाइएका हुन्छन्।

केही समयअघि उनले ‘आफ्नो लेभल मिल्नेसँगमात्रै बोल्नू’ भनेर डाक्टर तथा ‘विज्ञ’ हरूलाई निर्देशन दिए।

र, ‘जथाभावी बोलेर, कोरोनाका बारेमा भ्रम फैलाएको’ भन्ने तर्क दिए।

कहिले उनी ‘लक्षण नदेखिएसम्म अस्पताल नआउनू’ भन्छन्, कहिले ‘कोरोना लाग्दैमा अस्पताल जानैपर्छ भन्ने छैन’ भनिदिन्छन्।
अनि फेरि तर्क गर्छन् ‘घरमै बसेर पनि निको भइन्छ।’

कहिले त उनी ‘स्रोतसाधन छैन, परीक्षणै नगर्नू’ भनिदिन्छन्।
…

तीन सातादेखि फेरि उनी लगातार भनिरहेका छन्, ‘काठमाडौंमा भयावह स्थिति हुन्छ।’

त्यसलाई पुष्टि गर्न कहिले त उनी ‘२५ हजार सक्रिय संक्रमित पुगे लकडाउन गर्नुपर्छ’ भन्ने सुझाव मन्त्रिपरिषदमा पठाउन मन्त्रीलाई सिफारिस गर्छन्।

तर, सरकारले अचानक साउन ६ रातिदेखि औपचारिक ‘लकडाउन’ अन्त्य गर्ने निर्णयको ‘डिफेन्स’ गर्न उनी नै अघि सरेका थिए।
कहिले ‘जहाँ हुनुहुन्छ, त्यहीँ दसैं मान्नुस्’ भन्ने उपदेश दिन्छन्।

कहिले उनी ‘सरकारले धेरै बिरामी थेग्न सक्दैन, घरमै बस्नुस्’ भनिदिन्छन्।

यो साता उनको एउटा ‘वाणि’ ले खुबै चर्चा पायो– ‘सास फेर्न अप्ठ्यारो भएमा वा बेहोस हुनेजस्तो भएमा मात्रै अस्पताल जानू।’

गौतम यही कुरामा खुब उडाइएका छन्। सञ्चारमाध्यममा समाचार सामग्री अनि कार्टुनहरूमा छाएका मात्रै छैनन्, सामाजिक सन्जालमा ‘ट्रोल’ नै भइसकेका छन्।

र, उनी फेरि तर्क गरिरहेका छन्, ‘सत्य यही नै हो। सबैजना अस्पताल आए बेडै छैन, ठाउँ नै छैन। कहाँ राख्ने कसरी राख्ने ?’

राज्यको वास्तविक हुलिया नै यही हो कि, ‘सरकारले लकडाउन गर्‌यो। निषेधाज्ञा लगायो। तर, अरू केही गरेन। न बेड थप्यो न, अस्पतालको सेवा बढायो, संक्रमण न्यूनीकरणका लागि कुनै रणनीति ल्यायो।’
…

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम किन यस्तो उट्पट्याङ बोल्छन्, त्यो पनि संक्रमणको यस्तो संवेदनशील घडीमा?

गौतमको आफ्नै ‘दाबी’ छ, ‘म जे बोल्छु, विज्ञानको आधारमा बोल्छु। विज्ञानले नै यही भन्छ। म जे बोल्छु, त्यो मैले पढेको आधारमा भन्छु। मेरो विशेषज्ञता अर्कै फिल्डमा भए पनि कोरोनाका बारेमा धेरै अध्ययन गरेको छु, धेरै बुझेको छु। त्यसैले यस्तो बोल्छु।’

‘बेहोसी’ वाला उनको अभिव्यक्तिको आलोचना गर्नेहरूलाई उनले आयोमेलमार्फत भनेका थिए, ‘साइन्स नपढ्ने अनि मेरो कुरा उडाउनेहरू बेवकुफ हुन्।’

अनि उनको यो कुरामा प्रतिक्रिया दिँदै पूर्वस्वास्थ्य मन्त्री गगन थापा भन्छन्, ‘उसो भए त, सबैभन्दा बेवकुफ प्रधानमन्त्री केपी ओली नै हुन्।’

र, पनि प्रवक्ता गौतम बोलिरहेका छन्, निरन्तर।

कोरोना संक्रमणको रन्किदोँ रापसँगै।@Helthpostnepal

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑