भदौ, चितवन । चितवन जिल्लामा अहिले कोरानाको कारणले गर्दा निषेध आज्ञा जारी रहेको छ। चितवन जिल्ला को नारायणगढ, भरतपुर एरियाको चोक चोकमा प्रहरी हरु तैनाथ भयका छन् । कारण हो बाटोमा कोहि नहिडून भिडभाड नहोस् भन्नकोलागि तर चितवनको भरतपुर महानगरपालिकाकै केहि वार्ड हरुमा प्रशासन आफैले मल बितरण को नाममा आफैले बनायको नियमको आफैलेनै खिल्लि उडायको प्रस्ट देख्न सकिन्छ ।
यस्तै आजको एक दृश्य थियो भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरस्थित सर्वोदय सहकारी संस्थाको, त्यहाका जनता स्थानीय सहकारी संस्थामा युरिया मल आइपुगेको जानकारी पाएर बुधबार बिहान सबेरै देखी सयौं किसान हरु लाइनमा बसेका थिय उनीहरुलाई नत कोरोनको पिर थियो नत प्रशासन ले जारी गरेको निषेधआज्ञाको थियो त केवल आफुले बर्षभरि खानको लागि लगायको धनको लागी मल पाइने होकि रित्तो हात फर्कन पर्ने भयो अन्तेमा भयो तेही सयौं किसान रित्तो हात फर्कन बाध्य भएका छन्।
मल पाउने आशमा सबेरै लाइनमा बसेका सयौं किसान आफ्नो भागमा मल नपरेपछि कोरोना कहरको चिन्ता लिदै निरास भएर फर्किए।
चितवनको भरतपुर महानगरपालिका-६ गीतानगरस्थित सर्वोदय सहकारी संस्थाका सचिव होमनाथ अधिकारीले १ सय २० बोरा मल किसानलाई १० किलोका दरले वितरण गरिएको बताए। सहकारीमा विभिन्न वडाका गरी ५ हजार बढी किसानहरु आवद्ध रहेको उनले बताए।
मल लिन को लागि भनेर सबेरै आयर करिब २ हजार बढी किसान सहकारी संस्था अगाडिको सडकमा लाइन लागेका थिए। लाइन मा बसेका केहि किसानहरूले मात्र आज मल पाएकाले फेरी अर्को पटक मल आउदा अहिले पाउनेले फेरि पाउने र नपाउने फेरि पनि नपायर पीडित बन्ने अवस्था रहने भन्दै नाम टिपाएरमात्र फर्काउन माग गरेका थिए। तर सहकारीले यसमा कुनै चासो चासो देखाएन। निषेधाज्ञा कार्यान्वयनका लागि खटेका प्रहरीले किसानलाई लखेटेका थिए। सहकारीले किसानको कुरालाई बेवास्ता गर्दा मल लिन भनेर आयका किसानलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो।
‘ मल लिन लाईन बसेका किसानले गुनासो गर्दै भने वर्षभरि खाने अन्न नै मर्ने भयो, हामी कसरी बाँच्ने?, ‘सरकारले बाँच्न पनि दिने भएन।’मल माग्ने किसानलाई प्रहरी लगाएर खेदिएको भन्दै दु:खेसो पोखे।
सहकारी संस्थाहरुले भने थप मल आएपछि अन्य किसानहरुलाई फेरी वितरण गर्दै जाने बताएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस