• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Tue, 13, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भेन्टिलेटर किन्न सरकारसँग बजेट छैन !

August 14, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १० मिनेट
भेन्टिलेटर किन्न सरकारसँग बजेट छैन !


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

सवारीसाधनमा गत वर्ष साढे ५ अर्ब खर्च, यसपालि सवा ६ अर्ब बजेट, तर भेन्टिलेटर किन्न सरकारसँग बजेट छैन, सात महिनामा थपिएका ८० वटा भेन्टिलेटर सबै दान–दातव्यमा

गत वर्ष सवारीसाधनमा साढे पाँच अर्ब खर्च गरेको सरकारले यस वर्ष सवा ६ अर्ब खर्च गर्ने तयारी गरेको छ । तर, कोरोना महामारीमा संक्रमितको उपचारका लागि भेन्टिलेटर किन्न भने कुनै चासो देखाएको छैन । त्यसका लागि दाताहरूसँग हात थाप्ने काम गरिरहेको छ ।

सात महिनामा विभिन्न अस्पतालमा ८० भेन्टिलेटर थपिएका छन् । तर, ती सरकारले किनेका होइनन्, सबै दाताले दिएका हुन् । संक्रमितको उपचारका लागि एक सय २० आइसियू बेड थप्ने घोषणासमेत सरकारले पूरा गर्न सकेको छैन् ।

स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाका एक अधिकारीले भने, ‘भेन्टिलेटर किनिएको छैन, प्रक्रिया पनि छैन, यो विषयमा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ । तर त्यस्तो निर्णय गरेको जानकारी आएको छैन ।’ प्रवक्ता जागेश्वर गौतमले एक वाक्य मात्र प्रतिक्रिया दिए, ‘भेन्टिलेटर किनेको विषय मेरो जानकारीमा छैन ।’

चौधरी फाउन्डेसनले दिएका आठवटा भेन्टिलेटर ग्रहण गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल । भेन्टिलेटर बुझाउँदै फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरी ।

मन्त्रालयका अनुसार टु दी फाउन्डेसनले ३०, निक साइमन फाउन्डेसनले २४, चौधरी फाउन्डेसनले आठ, सानोपाइला संस्थाले ६ र वान हार्टले दुई भेन्टिलेटर सहयोग गरेका छन् । त्यस्तै, भारतले नेपाली सेनालाई १० भेन्टिलेटर उपलब्ध गराएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार देशभरका अस्पतालमा एक हजार आठ सय आठ आइसियू र एक हजार ७० भेन्टिलेटर छन् । तीमध्ये कोरोना संक्रमितको उपचारका लागि चार सय ५० आइसियू र एक सय ६४ भेन्टिलेटर छुट्याइएको छ । प्रदेश १ मा ३४, प्रदेश २ मा १७, बागमतीमा ५३, गण्डकीमा १६, प्रदेश ५ मा २८, कर्णालीमा १० र सुदूरपश्चिमका अस्पतालमा ६ भेन्टिलेटर छन् । त्यस्तै, प्रदेश १ मा एक सय दश, प्रदेश २ मा ४६, बागमतीमा एक सय ७०, गण्डकीमा १५, प्रदेश ५ मा ७७, कर्णालीमा १७ र सुदूरपश्चिमका अस्पतालमा १५ आइसियू बेड रहेको मन्त्रालयले जनाएको छ ।

भारतीय दूतावासले दिएका १० वटा भेन्टिलेटर ग्रहण गर्ने समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय राजदूत विनयमोहन क्वात्रा

यसबीचमा सरकारले पाटन अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २०–२० गरेर एक सय २० आइसियू बेड थप्ने घोषणा गरेको थियो । त्यसका लागि प्रतिअस्पताल १२ करोड ५० लाखका दरले रकम निकासा गरिएको स्वास्थ्य मन्त्रालयको दाबी छ । तर, टेकु अस्पतालबाहेक अन्यत्र आइसियू थपिएका छैनन् ।

वीर अस्पतालले आइसियू खरिदको प्रक्रियासमेत अघि बढाएको छैन । पाटन अस्पतालले चलाखी गर्दै पुरानै बेडलाई व्यवस्थापन गरी २१ वटा आइसियू बेड कोरोना संक्रमितका लागि तयार गरेको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माले सरकारले भनेअनुसार नै आइसियू बेड तयार भएको दाबी गरे । अन्य अस्पतालले पनि नयाँ उपकरण ल्याएर सेटअप गरेको जानकारी नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गम्भीर संक्रमित बढ्दै, ४४१ संक्रमित होम आइसोलेसनमा

बिहीबारसम्म देशभर ९६ संक्रमित आइसियूमा भर्ना भएका छन् । तीमध्ये पाँचजनालाई भेन्टिलेटरमा राखिएको छ । संक्रमण यही रफ्तारमा बढ्दै गए आइसियू र भेन्टिलेटरको अभावमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउने विज्ञहरूको चिन्ता छ ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि देशभर ३६ अस्पताल तोकेको छ । तर, संक्रमितले अस्पताल भरिन थालेपछि आवश्यकताअनुसार अन्य अस्पतालमा पनि बिरामी भर्ना गरिएका छन् । अस्पतालमा ठाउँ नपाएका बिरामी घरमै आइसोलेसनमा बसेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबारसम्म देशभर आठ हजार २५ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये चार सय ४१ संक्रमित होम आइसोलेसनमा छन् । प्रदेश १ मा ७२, प्रदेश २ मा ९८, बागमतीमा ७५, प्रदेश ५ मा ८१, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा एक सय सात संक्रमित होम आइसोलेसनमा रहेको गौतमले बताए ।

सरकारले भने आइसियूमा उपचार गर्नुपर्ने संक्रमित अनुमान गरिएभन्दा कम रहेको जनाएको छ । सरकारले साउन अन्तिमसम्म एक हजार नौ सय ३५ संक्रमित आइसियूमा भर्ना हुने अनुमान गरेको थियो । आगामी २० भदौदेखि मात्रै संक्रमितको संख्या क्रमशः घट्ने सरकारको अनुमान छ । त्यतिखेर देशभरमा एक हजार चार सय ८९ संक्रमितलाई आइसियूको आवश्यकता पर्ने अनुमान गरिएको छ ।

संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

संक्रमणबाट बिहीबार थप चारजनाको मृत्यु भएको छ । धनुषाका ८५ वर्षीया महिला, महोत्तरीका ४५ वर्षीय, मोरङका ५७ वर्षीय र अछामका १८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै मृतकको संख्या ९५ पुगेको छ । पछिल्लो एक सातामा मात्रै ३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर पाँच सय २५ नयाँ संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या २४ हजार नौ सय ५७ पुगेको छ । यसमध्ये १६ हजार आठ सय ३७ जना निको भएर घर फर्किएका छन् । आठ हजार २५ सक्रिय संक्रमित छन्, तीमध्ये चार सय ४१ होम आइसोलेसनमा छन् । पछिल्लो २४ घन्टामा नौ हजार आठ सय ५९ पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसकारण भेन्टिलेटर महत्वपूर्ण

कोरोना भाइरसबाट संक्रमित सामान्य वा मध्यम खालका लक्षण देखिएका बिरामीलाई आइसियूमा भर्ना गर्नुपर्ने वा भेन्टिलेटरमा राखिहाल्नुपर्ने अवस्था हुँदैन । उनीहरूलाई अक्सिजन दिएर र अन्य चिकित्सकीय सहायतामार्फत उपचार सम्भव छ । तर, कोरोना भाइरसको गम्भीर लक्षण भएका र पहिलेदेखि नै विभिन्न रोग लागेका बिरामीलाई आइसियूमा भर्ना गर्नुपर्ने वा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । कोरोना भाइरसका कारण मुत्य हुनेमा गम्भीर लक्षण भएका र पहिलेदेखि नै विभिन्न रोग लागेका धेरै बिरामी छन् । अहिले देशैभर भेन्टिलेटर र आइसियूको अभाव छ । भेन्टिलेटर चलाउने तथा आइसियूमा सेवा दिन सक्ने दक्ष जनशक्तिको पनि अभाव छ । संक्रमण बढ्दै जाँदा भेन्टिलेटरको माग बढ्दै जानेछ ।

महामारीको वेलामा पनि सवारी– साधनमा ६ अर्ब १५ करोड बजेट, पाँच वर्षमा सवारीसाधनमा ४६ अर्ब खर्च 

सरकारले चालू आर्थिक वर्षमा सवारी खरिद, मर्मत र इन्धनका लागि ६ अर्ब १५ करोड ५८ लाख विनियोजन गरेको छ । यो रकम गत वर्ष यही शीर्षकमा गरिएको खर्चभन्दा ५३ करोड बढी हो । गत आवमा सवारी सञ्चालन, इन्धन र मर्मतमा चार अर्ब २७ करोड तथा गाडी खरिदमा एक अर्ब ३५ करोड गरी पाँच अर्ब ६२ करोड ५३ लाख खर्च भएको थियो ।

चालू आवमा नयाँ गाडी खरिदका लागि ८८ करोड छुट्याइएको छ । गाडी किन्न अर्थ मन्त्रालयको विविध शीर्षकमा ५० करोड छ । मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार संवैधानिक निकाय, राष्ट्रप्रमुख, सरकारप्रमुख, उच्चपदस्थ अधिकारीका लागि आवश्यकताअनुसार गाडी किन्न उक्त रकम खर्च गरिनेछ ।

त्यस्तै, सेनाका लागि सवारी खरिद गर्न १८ करोड ८९ लाख छुट्याइएको छ । जसबाट सेनाले १० वटा डबल क्याप पिकअप, पाँचवटा जिप, सी क्याटागोरीका पाँच र ए क्याटागोरीको एक एम्बुलेन्स, एक माउन्टेन्स जिप, पाँचवटा मोटरसाइकल, ३० वटा साइकल, वर्कसप भ्यान, प्रकोपमा प्रयोग गरिने सवारी उपकरणलगायत खरिद गर्ने जनाएको छ । त्यस्तै, नेपाल प्रहरीका लागि तीन करोड १५ लाख र सशस्त्र प्रहरीका लागि एक करोड २० लाख विनियोजन गरिएको छ । यसबाहेक अन्य निकायका लागि पनि गाडी खरिदका गर्न बजेट छुट्याइएको छ ।

पछिल्ला पाँच वर्षमा सवारीसाधनमा मात्रै राज्यको ४६ अर्ब खर्च भएको छ । आर्थिक वर्ष ०७२-७३ मा इन्धन तथा मर्मतमा चार अर्ब ११ करोड र नयाँ गाडी खरिदमा दुई अर्ब २१ करोड गरी ६ अर्ब ३३ करोड खर्च भयो । ०७३-७४ मा यो खर्च झन्डै दोब्बर बढेर ११ अर्ब ४२ करोड पुग्यो । जसमध्ये इन्धन तथा मर्मतमा चार अर्ब ७१ करोड र गाडी खरिदमा ६ अर्ब ७१ करोड खर्च भएको थियो । @नया पत्रिका

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑