• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Mon, 12, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

बेलायतमा कामदार भिसा सहज बन्दै

August 2, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
बेलायतमा कामदार भिसा सहज बन्दै

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

साउन, लन्डन । बेलायतले आउँदो वर्षदेखि अंकमा आधारित अध्यागमन प्रणाली लागू गरी भिसा प्रक्रिया केही सहज बनाउने तयारी गरिरहेको छ । यसबाट अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष कामदारलाई बेलायत आउन सहज हुने विश्वास गरिएको छ ।

ब्रिटिस सरकारले ब्रेक्जिटपछि युरोपियन युनियन (ईयू) मुलुकका नागरिकको खुला आवतजावत अन्त्य भएसँगै सन् २०२१ जनवरी १ देखि ‘प्वाइन्ट बेस्ड सिस्टम’ लागू गर्न लागेको हो । सन् २०२० को डिसेम्बरदेखि यूके–ईयू खुला आवतजावत बन्द हुँदै छ ।

आउँदो वर्षदेखि युरोपियन युनियन र गैरईयू नागरिकका लागि समान अध्यागमन नियम लागू हुनेछ । आइरिस नागरिकलाई भने अहिले जसरी नै यूके आउन र बस्न छुट दिइनेछ । बेलायत सरकारले अर्थतन्त्रमा योगदान गर्न सक्नेहरूलाई आकर्षित गर्न चाहिरहेको छ ।

सरकारले जुलाई १३ मा अध्यागमन प्रणालीबारे नयाँ नीति सार्वजनिक गरिसकेको छ । नयाँ अध्यागमन नियमले यूके आउन चाहने विद्यार्थी र दक्ष कामदारलाई सहज हुने अध्यागमन विज्ञहरूको विश्वास छ ।

टियर टु (वर्क पर्मिट) का लागि आवेदकले कुल ७० प्वाइन्ट प्राप्त गर्नुपर्नेछ, जसमा अंग्रेजी परीक्षा (बी वान लेभल) उत्तीर्ण गरी १० प्वाइन्ट, स्किल लेभल जब (आरक्यूएफ ३) बाट २० प्वाइन्ट, लाइसेन्स भएको मान्यताप्राप्त रोजगारदाताले दिने पक्का भएपछि २० प्वाइन्ट एवं तलबबाट २० प्वाइन्ट ल्याउन अनिवार्य छ । तलब वार्षिक कम्तीमा २५ हजार ६ सय पाउन्ड हुनुपर्नेछ । बेलायतमै रहेका विद्यार्थीले ‘टियर टु’ मा स्विच गर्न चाहे माथि उल्लेखित प्रक्रिया पूरा गर्नुपर्ने जानकारहरू बताउँछन् । बेलायतमा अहिले पनि अंकमा आधारित अध्यागमन प्रणाली छ तर अब सरकारले जागिरको क्याटगोरी फेरबदल, स्किल लेभल र तलब थ्रेसहोल्ड घटाएको हो । जागिर आवश्यकताबारे रेसिडेन्ट मार्केट टेस्ट (विज्ञापन) पनि गर्न नपर्ने बनाइएको छ, जसले गर्दा छिटो र कम प्रतिस्पर्धा हुने आशा छ । अहिलेजस्तो सीमित कोटा पनि रहने छैन । विगत १० वर्षदेखि बेलायतमा स्पोन्सर लाइसेन्सको क्षेत्रमा कार्यरत भिसा क्वेस्टका विष्णु खरेलले सरकारले आगामी वर्षदेखि टियर टू (वर्क पर्मिट) भिसा प्रक्रिया खुकुलो बनाएको बताए । ‘कोभिड–१९’ पछि आफ्नो आर्थिक स्थिति सन्तुलनमा ल्याउन र पोस्ट ब्रेक्जिटपछि हुन सक्ने कामदार अभाव पूरा गर्न नयाँ प्रणाली ल्याइएको विश्वास खरेलको छ ।

वर्क पर्मिट प्रक्रिया भने खर्चिलो देखिन्छ । आवेदकले होम अफिसलाई मात्र करिब ४ हजार ८ सय पाउन्ड (झन्डै ७ लाख रुपैयाँ) तिर्नुपर्नेछ । जसमा ६ सय २५ पाउन्ड प्रत्येक वर्ष स्वास्थ्य शुल्क (इमिग्रेसन हेल्थ सरचार्ज), ६ सय १० पाउन्ड भिसा शुल्क, सर्टिफिकेट अफ स्पोन्सरसिप (सीओएस) जारीबापत २०० पाउन्डसहित इमिग्रेसन स्किल चार्ज पहिलो वर्ष १ हजार पाउन्ड र त्यसपछि वार्षिक ५ सय पाउन्ड थप तिर्नुपर्नेछ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्न आउनेलाई फास्ट ट्र्याकमा ‘हेल्थ एन्ड केयर भिसा’ दिने सरकारी नीति छ । त्यस्तो रुटमा भिसा शुल्कमा केही छुट दिन डिस्काउन्ट अनि हेल्थ सरचार्ज लिइने छैन । नयाँ अध्यागमन नियमअनुसार आउँदो वर्ष २०२१ को ग्रीष्मयामदेखि यूकेमा डिग्री उत्तीर्ण गर्नेले दुई वर्षसम्म र पीएचडी ग्य्राजुएट भए ३ वर्षसम्म काम गर्न पाउने गरी ‘पोस्ट स्टडी वर्क स्किम’ ल्याउने घोषणा पनि सरकारले गरेको छ । अध्यागमन मुद्दा हेर्ने लन्डनस्थित सोलिसिटर राजु थापा आउँदो वर्षदेखि दक्ष जनशक्तिलाई बेलायत प्रवेश गर्न सहज हुने बताउँछन् । ब्रेक्जिटपछि युरोपेली मुलुकका कामदार अभाव हुने भएर सरकारले त्यसको परिपूर्तिका लागि नयाँ रणनीति लिएको उनको बुझाइ छ । सरकारले न्यून दक्ष जनशक्तिलाई भने निरुत्साहित गर्ने थापाले बताए ।

सरकारले उच्च दक्ष जनशक्ति (हाइली स्किल्ड) स्किम ल्याउने तयारी गरिरहेको खरेलले बताए । तर, विगतमा ल्याइएको यस्तो स्किमको व्यापक दुरुपयोग भएपछि सरकारले यसलाई खारेज गरिदिएको थियो ।

यसैबीच, ब्रिटिस सरकारले हाल बेलायतमा बसिरहेका विदेशी विद्यार्थीहरूको भिसा समाप्त भए पनि उनीहरूले आउँदो ३१ अगस्ट २०२० सम्म बेलायतमा बस्न र काम गर्न पाउने घोषणा गरेको छ । कोरोना संकटका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै त्यस्तो निर्णय गरिएको ब्रिटिस सरकारको भनाइ छ ।@ekantipur

बाट थप

  • आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, डलर १४४ रुपैयाँ नजिक आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, डलर १४४ रुपैयाँ नजिक
  • अमेरिकी डलरको भाउ स्थिर अमेरिकी डलरको भाउ स्थिर
  • अमेरिकी डलरको भाउमा निरन्तर वृद्धि, रेमिट्यान्स र निर्यातकर्तालाई उत्साह अमेरिकी डलरको भाउमा निरन्तर वृद्धि, रेमिट्यान्स र निर्यातकर्तालाई उत्साह
  • यस्तो छ आज विदेशी मुद्राको विनिमयदर यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑