• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनको माडी नगरपालिका–९ कुसुम खोलाको सुकुमवासी बस्तीमा कसले किन लगायो आगो?

२०७७ श्रावण ७, बुधबार मा प्रकाशित अनुमानित पढ्ने समय : ७ मिनेट
चितवनको माडी नगरपालिका–९ कुसुम खोलाको सुकुमवासी बस्तीमा कसले किन लगायो आगो?


Author
हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

साउन, चितवन । चितवनको माडी नगरपालिका–९ कुसुम खोलाको सुकुमवासी बस्तीमा हात्ती प्रयोग गरेर चेपाङ्ग समुदायका घर भत्काएको तथा आगजनी भएको घटनाबारे सत्य–तथ्य पत्ता लगाउन वन तथा वातारण मन्त्रालयले कार्यदल गठन गरेको छ।

गएको शनिबार हात्तीसहित गएको चिवतन राष्ट्रिय निकञ्जको टोली कुसुम खोलाका दुई घरमा आगजनी तथा बाँकी केही घरमा हात्ती लगाएर क्षति गरेको विषय अहिले विवादमा छ। राष्ट्रिय निकुञ्जले कानून अनुसार नै काम गरेको र बाहिर आएजस्तो ज्यादती नभएको दाबी गरेको छ भने पीडित र स्थानीय प्रशासनले भने बर्खा याममा सामान्य मानवीयता पनि नदेखाइ घरबास नै नष्ट गरिएको आरोप लगाएका छन्।

घटना विवादित रहेको र यर्थाथ थाहा नभएकाले सत्य तथ्य पत्ता लगाउनका लागि सहसचिव यज्ञनाथ दाहालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले जानकारी दिएका छन्। सात दिनभित्र अध्ययन सकी प्रतिवेदन बुझाउन जिम्मा पाएको कार्यदल बुधबार चितवन पुग्ने र बिहीबारदेखि अध्ययन थालिने कार्यदलका संयोजक दाहालले जानकारी दिएका छन्।

अध्ययन प्रतिवेदन आएपछि मात्रै खास कुरा के हो भन्नेबारे बताउन सकिने वन मन्त्रालयका प्रवक्ता डा. ढुंगानले बताएका छन्। उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जका वार्डेनले–मैले कानून अनुसार नै काम गरेको हो भन्नु भएको छ। बाहिरबाट बर्खाको समयमा यस्तो गर्न नहुने भन्ने कुरा आयो। अब अध्ययन प्रतिवेदन आएपछि मात्रै थाहा हुन्छ।’

यस विषयमा सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले पनि गम्भीर चासो व्यक्त गरेको छ। आयोगले जुनसुकै बहानामा भए पनि सर्वसाधारणलाई उठिबास लगाउने कार्य स्वीकार्य र क्षम्य नहुने उल्लेख गरेको छ।

घटना के हो र दाबी के छ?

गएको शनिबार चितवन राष्ट्रिय निकुञ्जको बगई सेक्टरबाट निकुञ्जका कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएका सेनाको टोली सातवटा हात्तीसहित गएर माडी–९ कुसुम खोलामा बस्दै आएका प्रजा (चेपाङ्ग) समुदायका छाप्रा तथा उनीहरुले लगाएका बाली नष्ट गरेका हुन्।

तर नष्ट गरिएका घर तथा बालीका विषयमा निकुञ्ज, पीडित र स्थानीय निकायको भनाइ फरक छ।

राष्ट्रिय निकुञ्जले अवैध रुपमा वन क्षेत्र अतिक्रमण गरी लगाएका केही क्षेत्रको बाली र बाली कुर्नका लागि बनाइएका छाप्रा हात्ती लगाएर नष्ट गरिएको बताएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले भनेका छन्, ‘कुसुम खोलासहितका क्षेत्रमा विगत लामो समयदेखि निकुञ्जको क्षेत्र अतिक्रमण बसेकाहरु त्यहाँबाट नगरपालिकाको पहलमा अन्यत्र घर बनाइ सरे पनि पुनः खेतीपाती गरेको जानकारी पाएपछि चेतावनी स्वरुप हामी खेती कुर्न बनाइएका ११ वटा छाप्रा भत्काएका हौँ।’

उनले आफ्नो पक्ष राख्दै भने, ‘२०५३ देखि २०७२ सालसम्म विभिन्न समयमा प्रजा समुदायका १६० घरधुरी बस्नुभएको रहेछ। २०७४ मा बाढी आएपछि केही घरधुरी सोही समयमा र अरु धेरै चाहिँ नगरपालिकाले सुरक्षित बसोबास भनेर मध्यवर्तीकै अन्य ठाउँमा बसोबास गराएको रहेछ। अहिले पनि १० घरधुरी चाहिँ कुसुम खोलामै छन्।’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीले अगाडि भने, ‘कुसुम खोलाबाट स्थानान्तरित भएकाहरु पनि पुनः फर्किएर अतिक्रमित क्षेत्रमा खेती गरेको पाइयो। त्यसपछि हामीले शनिबार हात्तीसहित गएर चेतावनी स्वरुप खेती कुर्नका लागि बनाइएका ११ वटा छाप्रा नष्ट गरेका हौँ। हामीले आगलागी गरेका छैनौँ।’

तर स्थानीय बासिन्दाले भने दुई घरमा आगलागीसमेत भएको बताएका छन्। पीडित मध्येका एक दानबहादुर प्रजाले आफ्नो घरमा हात्ती तथा आगो लगाएर क्षति गरिएको बताए। निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीले भने आगो लगाएको भन्ने कुरा कपोलकल्पीत रहेको दाबी गरे। उनले भने, ‘यस्तो बर्खामा कसरी आगलागी गरिन्छ। झुटो बोलिएको हो। तस्बिर यहाँको होइन बाहिर (विदेश) को हो। हामीले तर मानिस बस्ने नभइ खेती कुर्नका लागि बनाइएको फुसको छाप्रो नष्ट गरिएका हौँ।’

रुपाखेतीले आगजनी नगरिएको भने पनि सार्वजनिक भएका तस्बिर तथा भिडियोमा भने छाप्राहरु आगोले जलेको प्रष्ट देखिन्छ।

अतिक्रमण गरी बस्ती बसिएको तथा खेती गरिएको क्षेत्र नेपाल–भारतबाट वन्यजन्तु ओहोरदोहोर गर्ने अति महत्वपूर्ण जैविक मार्ग रहेको रुपाखेतीले बताए।

उनले आगजनी नगरिएको दाबी गरे पनि माडी नगरपालिकाले भने दुई घरमा आगजनी भएको बताएको छ। वडा नम्बर ९ का अध्यक्ष शिवहरि सुवेदीले दुई घरमा आगजनीसँगै केही घरमा हात्ती लगाइएको तथा खेती पनि नष्ट गरिएको दाबी गरे। उनले भने, ‘राष्ट्रिय निकुञ्जले वन्यजन्तुका लागि भनेर मानिसलाई विचल्लिमा पारेको छ। आधारभूत मानवअधिकारको हनन् भएको छ। हामी यसको घोर निन्दा गर्छौँ।’

निकुञ्जले हात्ती प्रयोग गरेर कुसुम खोला हुँदै बाँदरझुला जाने पुरोनो गोरेटो बाटो पनि रुख ढाली अवरोध गरेको उनले सुवेदीले बताएका छन्। निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दम्भ देखाएर ज्यादती गरेको उनले आरोप लगाएका छन्।

आफूहरुले कुसुम खोलाका बासिन्दालाई स्थानान्तरणका लागि प्याउलीमा गएको फागुनदेखि ४० वटा घर बनाउन थालेको र अहिलेसम्म २८ घरमा टिनको छानो हाली सकेको भएपनि १२ वटाको काम चल्दै गर्दा निकुञ्जले त्यसमा पनि दुःख दिएको वडाध्यक्ष सुवेदीको भनाइ छ।

दुवैतिरबाट निकुञ्जले लखेटेपछि स्थानीय बासिन्दा अहिले आफन्त र छिमेकीकोमा शरण लिएर बस्न बाध्य भएको उनले बताए। निकुञ्ज भने कुसुम खोला, कालीखोला, जरायो खोला, गोठरी, छाँगे, सिमलटारसहितका क्षेत्रमा वन अक्रिमण भएको र ती क्षेत्रका बस्ती हटाइनु पर्ने बताउँछ।

बाट थप

  • अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुनेपेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने
  • चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापनचाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन
  • अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योटअख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    जुत्ता चप्पल दशैं महोत्सवमा ५० प्रतिशत सम्म छुट, उपभोक्ता आकर्षित

    जुत्ता चप्पल दशैं महोत्सवमा ५० प्रतिशत सम्म छुट, उपभोक्ता आकर्षित

    सरसफाइमा महानगरकै नमुना वडा बन्दै भरतपुर–२३

    सरसफाइमा महानगरकै नमुना वडा बन्दै भरतपुर–२३

    यौन दुर्व्यवहारको कारबाही सिफारिस भएपछि एसएसपीले दिए राजीनामा

    यौन दुर्व्यवहारको कारबाही सिफारिस भएपछि एसएसपीले दिए राजीनामा

    आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

    आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    देशले आत्मविश्वास गुमाएको छ: महामन्त्री थापा

    देशले आत्मविश्वास गुमाएको छ: महामन्त्री थापा

    जेष्ठ नागरिकको अधिकारी रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री जोशी

    जेष्ठ नागरिकको अधिकारी रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री जोशी

    पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

    पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    त्रिभुवन विमानस्थलबाट २.७ किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    आज नारायणीमा पौडी खेल्ने क्रममा एकै घरका दुई बालकको डुबेर मृत्यु

    समाचार
    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अझै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    अख्तियारमा भरतपुर महानगरविरुद्ध उजुरी धेरै : १२४ मध्ये ८ वटामात्रै फर्छ्योट

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑