• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ४, आईतबार  | Sun, 18, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनको माडी नगरपालिका–९ कुसुम खोलाको सुकुमवासी बस्तीमा कसले किन लगायो आगो?

July 22, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ७ मिनेट
चितवनको माडी नगरपालिका–९ कुसुम खोलाको सुकुमवासी बस्तीमा कसले  किन लगायो आगो?

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

साउन, चितवन । चितवनको माडी नगरपालिका–९ कुसुम खोलाको सुकुमवासी बस्तीमा हात्ती प्रयोग गरेर चेपाङ्ग समुदायका घर भत्काएको तथा आगजनी भएको घटनाबारे सत्य–तथ्य पत्ता लगाउन वन तथा वातारण मन्त्रालयले कार्यदल गठन गरेको छ।

गएको शनिबार हात्तीसहित गएको चिवतन राष्ट्रिय निकञ्जको टोली कुसुम खोलाका दुई घरमा आगजनी तथा बाँकी केही घरमा हात्ती लगाएर क्षति गरेको विषय अहिले विवादमा छ। राष्ट्रिय निकुञ्जले कानून अनुसार नै काम गरेको र बाहिर आएजस्तो ज्यादती नभएको दाबी गरेको छ भने पीडित र स्थानीय प्रशासनले भने बर्खा याममा सामान्य मानवीयता पनि नदेखाइ घरबास नै नष्ट गरिएको आरोप लगाएका छन्।

घटना विवादित रहेको र यर्थाथ थाहा नभएकाले सत्य तथ्य पत्ता लगाउनका लागि सहसचिव यज्ञनाथ दाहालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले जानकारी दिएका छन्। सात दिनभित्र अध्ययन सकी प्रतिवेदन बुझाउन जिम्मा पाएको कार्यदल बुधबार चितवन पुग्ने र बिहीबारदेखि अध्ययन थालिने कार्यदलका संयोजक दाहालले जानकारी दिएका छन्।

अध्ययन प्रतिवेदन आएपछि मात्रै खास कुरा के हो भन्नेबारे बताउन सकिने वन मन्त्रालयका प्रवक्ता डा. ढुंगानले बताएका छन्। उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जका वार्डेनले–मैले कानून अनुसार नै काम गरेको हो भन्नु भएको छ। बाहिरबाट बर्खाको समयमा यस्तो गर्न नहुने भन्ने कुरा आयो। अब अध्ययन प्रतिवेदन आएपछि मात्रै थाहा हुन्छ।’

यस विषयमा सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले पनि गम्भीर चासो व्यक्त गरेको छ। आयोगले जुनसुकै बहानामा भए पनि सर्वसाधारणलाई उठिबास लगाउने कार्य स्वीकार्य र क्षम्य नहुने उल्लेख गरेको छ।

घटना के हो र दाबी के छ?

गएको शनिबार चितवन राष्ट्रिय निकुञ्जको बगई सेक्टरबाट निकुञ्जका कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएका सेनाको टोली सातवटा हात्तीसहित गएर माडी–९ कुसुम खोलामा बस्दै आएका प्रजा (चेपाङ्ग) समुदायका छाप्रा तथा उनीहरुले लगाएका बाली नष्ट गरेका हुन्।

तर नष्ट गरिएका घर तथा बालीका विषयमा निकुञ्ज, पीडित र स्थानीय निकायको भनाइ फरक छ।

राष्ट्रिय निकुञ्जले अवैध रुपमा वन क्षेत्र अतिक्रमण गरी लगाएका केही क्षेत्रको बाली र बाली कुर्नका लागि बनाइएका छाप्रा हात्ती लगाएर नष्ट गरिएको बताएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले भनेका छन्, ‘कुसुम खोलासहितका क्षेत्रमा विगत लामो समयदेखि निकुञ्जको क्षेत्र अतिक्रमण बसेकाहरु त्यहाँबाट नगरपालिकाको पहलमा अन्यत्र घर बनाइ सरे पनि पुनः खेतीपाती गरेको जानकारी पाएपछि चेतावनी स्वरुप हामी खेती कुर्न बनाइएका ११ वटा छाप्रा भत्काएका हौँ।’

उनले आफ्नो पक्ष राख्दै भने, ‘२०५३ देखि २०७२ सालसम्म विभिन्न समयमा प्रजा समुदायका १६० घरधुरी बस्नुभएको रहेछ। २०७४ मा बाढी आएपछि केही घरधुरी सोही समयमा र अरु धेरै चाहिँ नगरपालिकाले सुरक्षित बसोबास भनेर मध्यवर्तीकै अन्य ठाउँमा बसोबास गराएको रहेछ। अहिले पनि १० घरधुरी चाहिँ कुसुम खोलामै छन्।’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीले अगाडि भने, ‘कुसुम खोलाबाट स्थानान्तरित भएकाहरु पनि पुनः फर्किएर अतिक्रमित क्षेत्रमा खेती गरेको पाइयो। त्यसपछि हामीले शनिबार हात्तीसहित गएर चेतावनी स्वरुप खेती कुर्नका लागि बनाइएका ११ वटा छाप्रा नष्ट गरेका हौँ। हामीले आगलागी गरेका छैनौँ।’

तर स्थानीय बासिन्दाले भने दुई घरमा आगलागीसमेत भएको बताएका छन्। पीडित मध्येका एक दानबहादुर प्रजाले आफ्नो घरमा हात्ती तथा आगो लगाएर क्षति गरिएको बताए। निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीले भने आगो लगाएको भन्ने कुरा कपोलकल्पीत रहेको दाबी गरे। उनले भने, ‘यस्तो बर्खामा कसरी आगलागी गरिन्छ। झुटो बोलिएको हो। तस्बिर यहाँको होइन बाहिर (विदेश) को हो। हामीले तर मानिस बस्ने नभइ खेती कुर्नका लागि बनाइएको फुसको छाप्रो नष्ट गरिएका हौँ।’

रुपाखेतीले आगजनी नगरिएको भने पनि सार्वजनिक भएका तस्बिर तथा भिडियोमा भने छाप्राहरु आगोले जलेको प्रष्ट देखिन्छ।

अतिक्रमण गरी बस्ती बसिएको तथा खेती गरिएको क्षेत्र नेपाल–भारतबाट वन्यजन्तु ओहोरदोहोर गर्ने अति महत्वपूर्ण जैविक मार्ग रहेको रुपाखेतीले बताए।

उनले आगजनी नगरिएको दाबी गरे पनि माडी नगरपालिकाले भने दुई घरमा आगजनी भएको बताएको छ। वडा नम्बर ९ का अध्यक्ष शिवहरि सुवेदीले दुई घरमा आगजनीसँगै केही घरमा हात्ती लगाइएको तथा खेती पनि नष्ट गरिएको दाबी गरे। उनले भने, ‘राष्ट्रिय निकुञ्जले वन्यजन्तुका लागि भनेर मानिसलाई विचल्लिमा पारेको छ। आधारभूत मानवअधिकारको हनन् भएको छ। हामी यसको घोर निन्दा गर्छौँ।’

निकुञ्जले हात्ती प्रयोग गरेर कुसुम खोला हुँदै बाँदरझुला जाने पुरोनो गोरेटो बाटो पनि रुख ढाली अवरोध गरेको उनले सुवेदीले बताएका छन्। निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दम्भ देखाएर ज्यादती गरेको उनले आरोप लगाएका छन्।

आफूहरुले कुसुम खोलाका बासिन्दालाई स्थानान्तरणका लागि प्याउलीमा गएको फागुनदेखि ४० वटा घर बनाउन थालेको र अहिलेसम्म २८ घरमा टिनको छानो हाली सकेको भएपनि १२ वटाको काम चल्दै गर्दा निकुञ्जले त्यसमा पनि दुःख दिएको वडाध्यक्ष सुवेदीको भनाइ छ।

दुवैतिरबाट निकुञ्जले लखेटेपछि स्थानीय बासिन्दा अहिले आफन्त र छिमेकीकोमा शरण लिएर बस्न बाध्य भएको उनले बताए। निकुञ्ज भने कुसुम खोला, कालीखोला, जरायो खोला, गोठरी, छाँगे, सिमलटारसहितका क्षेत्रमा वन अक्रिमण भएको र ती क्षेत्रका बस्ती हटाइनु पर्ने बताउँछ।

बाट थप

  • अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
  • गगन थापाका प्रारम्भिक चुनौती गगन थापाका प्रारम्भिक चुनौती
  • पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै
  • चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक  एक्स्पो हुंँदै

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक एक्स्पो हुंँदै

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    समाचार
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑