• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

राष्ट्र बैंकको ‘स्टिमुलस’ प्याकेज, ५ प्रतिशत व्याजदरमा ५ खर्ब कर्जा

June 2, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ४ मिनेट
राष्ट्र बैंकको ‘स्टिमुलस’ प्याकेज, ५ प्रतिशत व्याजदरमा ५ खर्ब कर्जा


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले अप्ठ्यारो तथा संकटमा परेका उद्यमी व्यवसायीलाई राहत दिन ५ खर्बको पुर्नकर्जा प्याकेज ल्याएको छ ।  ५ प्रतिशत ब्याजमा कर्जा प्रदान गर्ने गरी ल्याइएको पुर्नकर्जा कार्यविधि–२०७७ नेपाल राष्ट्र बैंक सञ्चालक समितिले पास गरेपछि सोमबार सार्वजनिक गरिएको छ । कोभिड–१९ का कारण बन्द भएका तथा उठ्नै नसक्ने गरी थला परेका उद्यमीलाई राहत दिन स्टिमुलेस प्याकेज ल्याएको हो ।

पुर्नकर्जा कार्यविधिले राष्ट्र बैंकमा रहेको पुर्नकर्जा कोषको ५ गुणासम्म कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । हाल नेपाल राष्ट्र बैंकमा ६० अर्बको पुर्नकर्जा कोष छ । अर्थमन्त्री डा. युवराज खतिवडाले यहि जेठ १५ गते प्रस्तुत गरेको बजेटमा एक खर्बको पुर्नकर्जा कोष बनाउने उल्लेख छ । एक खर्बको पुर्नकर्जा कोष बनाएको सर्कुलर पनि राष्ट्र बैंकले छिट्टै सार्वजनिक गर्दैछ ।

कार्यविधिले सो कोषको ५ गुणासम्म पुर्नकर्जा प्रवाह गर्न पाउने गरको व्यवस्था सहित अब पुनकर्जाको आकार बढेर ५ खर्ब पुग्ने भएको हो । राष्ट्र बैंकले प्रदान गर्ने पुर्नकर्जाको ब्याज लघु, घरेलु तथा साना उद्यम तथा साधारण पुर्नकर्जा लिने  उद्यमी व्यवसायीले ५ प्रतिशत तिरे पुग्छ भने विशेष पुर्नकर्जा लिने उद्यमीले अझ ३ प्रतिशतमात्रै ब्याज तिरे पुग्नेछ । विशेष पुर्नकर्जा पाउनेहरूले अन्य पुर्नकर्जाको भन्दा २ प्रतिशत कम ब्याज तिरे पुुग्नेछ ।

राष्ट्र बैंकले भने कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई १ देखि तीन प्रतिशतसम्म ब्याजमा यस्तो पुर्नकर्जा उपलब्ध गराउँदै आएको छ । राष्ट्र बैंकले साधारण पुर्नकर्जामा सबैभन्दा बढी ३ प्रतिशत र विशेष कर्जामा सबैभन्दा कम एक प्रतिशतमात्र ब्याज पाउने छ । लघु, घरेलु तथा साना उद्यममा प्रवाह भएको कर्जामा भने राष्ट्र बैंकले तीन प्रतिशत ब्याज लिने छ ।

कस्ता वित्तीय संस्थाले कति पाउँछन् पुर्नकर्जा

पुर्नकर्जा कार्यविधिले गरेको व्यवस्था अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीले कोषको ७० प्रतिशत अर्थात साढे तीन खर्ब पुर्नकर्जा प्रदान गर्न पाउने छन् । यी बैंकहरू आफैले ग्राहकको मूल्यांकन गरेर २० प्रतिशत पुर्नकर्जा प्रदान गर्न सक्ने अधिकार पनि राष्ट्र बैंकले प्रदान गरेको छ । १० प्रतिशत अर्थात ५० अर्ब रुपैयाँ लघुवित्त वित्तीय संस्थाहरूले पनि पुर्नकर्जा प्रदान गर्न पाउने भएका छन् । यसरी प्रदान गरिने पुर्नकर्जाको अवधि भने बढीमा  १ वर्षको हुनेछ ।

कार्यविधिले पुर्नकर्जा को अधिकतम सीमा १० करोडसम्म वा कुल पुर्नकर्जा प्रदान गर्ने रकमको ७० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । यद्यपि ग्राहक मूल्यांकन आधारमा प्रदान गर्नेे पुर्नकर्जाको सीमा भने २० करोड रुपैयाँसम्म प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । लघुवित्त वित्तीय संस्थाहरूको हकमा भने कुल पुर्नकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा माथि जान नमिल्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

कति पाउँछन् ग्राहकले पुर्नकर्जा

लघु, घरेलु तथा साना उद्यमीले प्रति ग्राहक १५ लाख रुपैयाँसम्म पुर्नकर्जा पाउने छन् भने विशेष पुर्नकर्जा प्रतिग्राहक १० करोड रुपैयाँसम्म बैंकहरूले प्रदान गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । साधारण पुर्नकर्जा भने राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकमुष्ठ रुपमा पुर्नकर्जा उपलब्ध गराउने छ । उक्त कर्जा लिनको लागि बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकमा आवेदन माग गर्नुपर्नेछ ।

प्रतिशाखा ५ ग्राहक हुनैपर्ने

बैंक तथा वित्तीय संस्थाहरूले प्रति शाखा ५ ग्राहकलाई उक्त कर्जा उपलब्ध गराउनु  नयाँ व्यवस्था गरिएको छ । राष्ट्र बैंकले पुर्नकर्जाको आवेदन पेश गर्न तोकिएको म्याद समाप्त भएको एक महिनाभित्र यस विषयमा निर्णय गरिसक्नु पर्नेछ । पुर्नकर्र्जा  पूर्ण तथा आंशिक रुपमा पनि स्वीकृत गर्न सकिनेछ ।

के के चाहिन्छ पुर्नकर्जा लिनको लागि कागजात ?

पुर्नकर्जा लिनको लागि पुर्नकर्जाको मागको आवेदन, लेखापरीक्षण गरिएको पछिल्लो ३ वर्षको वित्तीय विवरण, पछिल्लो आवको कर चुक्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्रको विवरणलगायका कागजात आवश्यक पेश गर्नुपर्नेछ ।

त्यस्तै निर्यात पुर्नकर्जाको हकमा निर्यात सम्बन्धि कागजात, ग्राहकले यसअघि उपयोग गरेको पुर्नकर्जा सुविधाको रकम, अन्य वित्तीय संस्थाबाट यस्तो प्रकृतिको कर्जा उपयोग नगरेको स्वःघोषणा तथा कम्पनीले सिर्जनाग गरको रोजगारी, विदेशी मुद्रा आर्जनको अवस्थालगायत अर्थतन्त्रमा पुर्याएको योगदानको सहितको कम्पनीको विवरण समेत पेश गर्नुपर्नेछ ।

पुर्नकर्जा उपलब्ध गराउँदा बैंक तथा वित्तीय संस्थाले के गर्ने ?

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा पुर्नकर्जाको आवेदन पेश गर्दा कर्जाको वर्गीकरण, कर्जा प्रवाह र भुक्तान मिति, कर्जाको ब्याजदर समेत स्पष्ट रुपमा  खुलाउनु पर्नेछ । वित्तीय संस्थाले कर्जा माग गर्दा सबै प्रदेशका ग्राहक(ऋणी) लाई समेटने गरी पुर्नकर्जा माग गर्नुपर्ने छ । कर्जाको माग गर्दा तोकिएको क्षेत्रभित्र रहनुपर्नेछ भने सीमित ग्राहकलाई सहुलियत प्राप्त हुने तथा फाइदा हुने गरी कर्जा माग गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले कार्यविधिले तोके बमोजिमका कागजात र प्रक्रिया पुरा भएको यकिन गरी पुर्नकर्जा स्वीकृतीको कागजात अगाडि बढाउन सक्नेछ ।@aarthik news

बाट थप

  • देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेतदेउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दरराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर
  • ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्युढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
  • देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावनादेशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑