जेठ, वीरगञ्ज । कोरोना सङ्क्रमण पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ७० जना डिस्चार्ज भएका छन् । सबै सङ्क्रमित कोरोनामुक्त भई सोमबार डिस्चार्ज भएपछि अस्पताल सङ्क्रमितविहीन बनेकाे छ । पछिल्लो शनिबार, आइतबार र सोमबार गरी तीन दिनमा ७० जना कोरोना सङ्क्रमितहरू कोरोनामुक्त भई डिस्चार्ज भएपछि वीरगञ्जको नारायणी अस्पताल कोरोना सङ्क्रमितमुक्त बनेको हो ।
सोमबार पर्साका दुई जना पत्रकारसहित पर्साका ४२ जना र एक जना सर्लाहीका सङ्क्रमित गरी ४३ जना कोरोना सङ्क्रमितलाई सोमबार साँझ डिस्चार्ज गरी घर पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले गोरखापत्रलाई बताउनुभयो ।
सबै सङ्क्रमितको पछिल्लो दुई रिपाेर्ट नेगेटिभ आएपछि ४३ जना सङ्क्रमितलाई सोमबार डिस्चार्ज गरिएको हो । त्यस्तै, आइतबार राति ११ बजे एकै परिवारका १८ जना सङ्क्रमित कोरोनामुक्त भई डिस्चार्ज गरिएको थियो भने शनिबार नाै जना कोरोनामुक्त भई डिस्चार्ज भएका थिए । यसरी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत सबै सङ्क्रमित डिस्चार्ज भएपछि अस्पतालको आइसोलेसन वार्ड खाली भएको छ ।
वीरगञ्जकै गण्डक अस्पतालमा बनाइएको अस्थायी कोरोना अस्पतालमा २७ जना सङ्क्रमितको उपचार भइरहेको छ । उपचाररत २७ जना सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक निरज कुमार सिंहले बताउनुभयो ।@गोरखापत्र अनलाइन
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस