जेठ, चितवन । चितवनमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका ६ केशरबागमा रहेका तीन जनामा कोरोना संक्रमण भएको भरतपुर अस्पताल बिकाश समितिका अध्यक्ष भोजराज अधिकारीले जानकारी दिनु भयो ।
ती संक्रमित पुरुष हिजो (शुक्रबार) पुष्टि भएका ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलाका जेठो छोरा हुन् । तीनै जना जेठ ३ गते भारतको दिल्लीस्थित राजीव गान्धी हस्पिटलबाट फर्किएका थिए । पहिलोपटक परीक्षण गर्दा श्रीमान् र श्रीमतीमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसक्रममा छोरामा संक्रमण देखिएको थिएन ।
५२ बर्षिय छोरा आमा बाबुको रेखदेख गर्दै आएका थिए । उनि आँफ्ना बाबु आमाको उपचार पछि भारतको दिल्लीबाट आमाबुबासँगै आएका थिए । उनका बाबुआमामा कोरोना संक्रमण पुष्टि भएसँगै घरवरपरको क्षेत्रलाई सिल गरिएको थियो । अहिले तीनै जनाको भरतपुर कोरोना अस्थायी अस्पतालमा उपचार भईरहेको छ । उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
यस अघि चितवन राप्तीका आमा छोरामा कोरोना संक्रण भई निको भएर घर फर्केका छन् । चितवनमा हाल सम्म ५ जनामा संक्रमण पुष्टि भईसकेको छ । शुक्रबार संक्रमण पुष्टि भएसंगै केशरबाग क्षेत्रमा प्रशासनले सील गरेको छ । त्यहाँ शुक्रबारदेखि नै हिडडुलमा रोक लगाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस