• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

प्रति व्यक्ति १५ हजार शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाइने !

May 19, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
प्रति व्यक्ति १५ हजार शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाइने !

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ, काठमाडौं । अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक संस्थालाई पनि परीक्षण गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र गोपनियता राख्ने शर्तमा ति सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षण गर्न दिइने भएको हो । लक्षण नभएका स्वदेशी तथा विदेशी व्यक्तिले शुल्क तिरेर ति संस्थाबाट कोभिड–१९ परीक्षण गराउने पाउने छन् ।

अहिले एक जनालाई परीक्षण गराउन करिब रु १५ हजार लाग्ने गर्दछ । मन्त्रालयका विज्ञ सल्लाहाकार डा खेम कार्कीले पहिलो चरणमा सार्वजनिक संस्थालाई र विस्तारै निजी स्वास्थ्य संस्थालाई दिने बताए ।

‘सम्भावित सङ्क्रमितलाई सरकारले नै पिसिआरबाट परीक्षण गर्ने छ’, उनले भने, ‘तर इच्छुक कोही व्यक्तिले चाहेमा ति संस्थाबाट शुल्क तिरेर पनि परीक्षण गराउन पाउने छन् ।’ अहिलेसम्म सम्भावित सङ्क्रमितलाई सरकारले निःशुल्क रुपमा पिसिआर परीक्षण गराइरहेको छ । सरकारले अहिले १९ ठाउँबाट पिसिआर परीक्षण गरिरहेको छ ।

यसैगरी अहिलेसम्म पिसिआरबाट ३२ हजार ६०४ जना र आरडीटीबाट ७४ हजार ६४९ जनामा परीक्षण गरिएको छ । गत २४ घण्टामा पिसिआरबाट २ हजार २८० र आरडीटीबाट पाँच हजार ८९ जनाको परीक्षण गरिएको छ । क्वारेन्टिनमा २१ हजार ६२३ जना र आइसोलेशनमा ४५७ जना रहेका छन् ।

यसैगरी मन्त्रालयले प्रदेश नं २ र ५ मा केन्द्रबाट १०, १० जनाको चिकित्सकको टोली चाडै नै पठाउने भएको छ । ति प्रदेशमा सङ्क्रमण बढेपछि मन्त्रालयले चिकित्सकको टोली चाडै पठाउन लागेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । उनका अनुसार ती चिकित्सकको टोलीले ति प्रदेशका सङ्क्रमित फैलिएको ठाउँलाई केन्द्रविन्दु बनाएर कोभिड–१९ रोकथाम र नियन्त्रण गर्ने छन् ।

यसैगरी मन्त्रालयले काठमाडौँका विभिन्न स्थानमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले परीक्षणको दायरा बढाएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार कालिमाटीमा गरिएको ७०० आरडीटी परीक्षणमा तीन जनाको पोजेटिभ रहेको बताए ।

यसैगरी सरसफाई गर्ने कर्मचारी ६६४ जनामा गरिएको आरडीटी परीक्षणमा ३१ जना पोजेटिभ देखिएको छ । गोंगबु क्षेत्रमा ४२० जनामा आरडीटी गरिएकोमा १५ जनाको पोजेटिभ, भृकुटीमण्डप क्षेत्रमा ४५२ जनामध्ये ३२ जनामा पोजेटिभ देखिएको छ । उहाँका अनुसार अहिलेसम्म काठमाडौँका विभिन्न स्थानमा दुई हजार २३६ आरडीटी र एक हजार १९ जनामा पिसिआर गरिएको छ ।

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑