जेठ, चितवन । चितवनमा आज (शनिबार) थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पूर्वीचितवन राप्ती नगरपालिका–२ गड्यौली निवासी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तर उनको स्थायी ठेगाना राप्ती नगरपालिका भएपनि बसोबास काठमाडौं मै रहेको राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले जानकारि दिएकि छिन । उनले काठमाडौंमै नमुना परिक्षण गराएकि हुन । प्रारम्भिक जानकारी अनुसार युवति चितवन आउजाउ पनि नभएको बुझिएको छ तर थप जानकारि लिने र लकडाउनको बेला चितवन आएनआएको पुष्टि हुन बाँकि छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस