• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोन कहर भारत संसारकै ११औ स्थानमा, भारतमा बढेसगै नेपालमा खतराको घन्टी

May 15, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कोरोन कहर भारत संसारकै ११औ स्थानमा, भारतमा बढेसगै नेपालमा खतराको घन्टी


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

कोरोना महामारीको उद्गम चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतको पछिल्लो स्थिति चीनभन्दा नराम्रो छ। शुक्रबारसम्म कोरोना संक्रमणमा चीनलाई समेत उछिनेर भारत विश्वव्यापी सूचीमा एघारौं स्थानमा पुगेको छ। यसअघि चीनभन्दा एक स्थान तल थियो।

शुक्रबार राति १० बजेसम्मको तथ्यांकअनुसार भारतमा ८५,५४६ जनामा संक्रमण पुष्टि भएको छ। चीनमा अहिलेसम्म ८२,९३३ जना संक्रमित छन्। शुक्रबार एक दिनमै भारतमा ३,५४९ जनामा संक्रमण फेला परेको थियो। यो अहिलेसम्मकै उच्च दर हो।

भारतको कोरोना मृत्यु भने चीनको तुलनामा झन्डै आधा छ। चीनमा अहिलेसम्म ४,६३३ जनाले ज्यान गुमाएका छन्। भारतमा यो संख्या २,७४६ छ। पछिल्लो २४ घन्टामै भारतमा सय जनाभन्दा बढीले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो समय दिनकै हजार-दुई हजारका दरले संक्रमित बढ्दै गएको पाइन्छ। चीनमा भने दैनिक चार–पाँच जना मात्र नयाँ बिरामी फेला परेका छन्। यस आधारमा भारतमा संक्रमित संख्या अझ बढ्दै जाने देखिन्छ।

यति मात्र होइन, भारतमा कोरोना भाइरस सक्रिय अवस्थामै छ। यहाँ कुल बिरामीमध्ये ५२,७११ जनामा भाइरस सक्रिय रहेको तथ्यांकले देखाउँछ। जबकि, चीनमा यस्तो संख्या सय जनाभन्दा कम छ।

लामो खुला सीमा रहेको र दिनका दिन सामूहिक वा लुकिछपी मान्छे ओहोरदोहोर गरिरहेको भारतमा यति ठूलो संख्यामा भाइरस सक्रिय देखिनु नेपालका लागि जोखिमको अवस्था हो।

नेपालमा पछिल्लो समय देखिएका अधिकांश कोरोना बिरामी कुनै न कुनै रूपले भारतसँग सम्बन्धित छन्। अन्तर्राष्ट्रिय उडान बन्द भए पनि खुला सीमा हुँदै प्रवेश गरेका व्यक्तिहरूमा संक्रमण फेला परेको छ। भारतसँग सीमा जोडिएका तराई जिल्लाहरूमा संक्रमित संख्या बढ्दै जानुको कारण यही हो।

यही अवस्था हेरेर भारतबाट सामूहिक रूपले वा लुकिछिपी प्रवेश गरेका व्यक्ति पहिचान गरेर कोरोना परीक्षण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। नेपालगन्ज लगायत सुदूरपश्चिम क्षेत्रमा यो परीक्षण सुरू भइसकेको छ।

भारतका महाराष्ट्र, दिल्ली, उत्तरप्रदेश, पश्चिम बंगाल, पञ्जाब लगायत प्रान्तमा धेरै संक्रमण फेला पर्नुले नेपालको चुनौती अझै थपेको छ। यी प्रान्त नेपालबाट काम गर्न जानेहरूका लागि प्रमुख गन्तव्य क्षेत्र हुन्।

महाराष्ट्र भारतकै कोरोना ‘हटस्पट’ हो। भारतीय अखबार ‘द इन्डियन एक्सप्रेस’ का अनुसार यहाँ अहिलेसम्म २७,५२४ जनामा संक्रमण पुष्टि भएको छ। चौथो स्थानमा रहेको दिल्लीमा ८,४७० जना बिरामी छन् भने सातौं स्थानको उत्तरप्रदेशमा ३,९०२, आठौं स्थानको पश्चिम बंगालमा २,३७७ र दसौं स्थानको पञ्जाबमा १,९३५ जना संक्रमित छन्।

महाराष्ट्रको मुम्बईमा फेला परेका कोरोना बिरामी नै अन्य प्रान्तको दाँजोमा बढी छ। मुम्बईमा १६,७३८ जना कोरोना बिरामी रहेको इन्डियन एक्सप्रेसले जनाएको छ। मुम्बई पनि नेपालीहरूका निम्ति प्रमुख रोजगार गन्तव्य हो।

भारतले झन्डै डेढ महिनाको लकडाउनपछि केही दिनअघि निश्चित रूटमा रेल आवागमन खुला गरेको छ। खासगरी मुम्बई, दिल्लीजस्ता ठूला सहरमा रहेका आप्रवासी कामदारलाई घर फर्कन सजिलो होस् भनेर रेल सेवा सुरू गरिएको हो।

यसले मुम्बई, दिल्ली लगायत सहरमा काम गर्न गएका नेपालीहरूलाई फर्कन त सहज भएको छ, सँगसँगै भाइरस छिर्ने जोखिम पनि बढेको छ।

रेल सेवा सुरू भएपछि आवागमन गर्ने कामदारहरूले सबभन्दा बढी भाइरस फैलाइरहेको इन्डियन एक्सप्रेसले जनाएको छ।

भारतमा केही दिनयताको कोरोना परीक्षणमा त्यस्ता व्यक्ति बढी संक्रमित पाइएका छन्, जो हालसालै अर्को कुनै ठाउँबाट फर्केका थिए। नेपालसँग सीमा जोडिएका बिहार, उत्तरप्रदेशसहित झारखण्ड, उडिसा, छत्तीसगढ, आन्ध्राप्रदेश, तेलंगना, गोवा लगायत राज्यमा यही अवस्था छ।

बिहारमा मात्र बिहीबार ४७ जना नयाँ बिरामी फेला परे। तीमध्ये अधिकांश केही समयअघि मात्र अर्को राज्यबाट आफ्नो क्षेत्र फर्केका थिए।

बिहार सरकारले विभिन्न राज्यबाट फर्केका कामदारमध्ये ४,२७५ जनामा कोरोना परीक्षण गर्दा ३२० जनामा ‘पोजिटिभ’ नतिजा आएको थियो। यो ७.५ प्रतिशत हो। जबकि, समग्र राज्यमा गरिएको परीक्षणमा अहिलेसम्म २.५ प्रतिशतमा मात्र कोरोना पाइएको छ।

यसले रेल वा अन्य यातायात साधन प्रयोग गरेर एक ठाउँबाट अर्कोमा आवागमन गरेका व्यक्तिमा कोरोना संक्रमण दर उच्च रहेको पुष्टि गर्छ।

भारतका २८ राज्यमध्ये बिहारमा कोरोना संक्रमित संख्या उच्च दरले बढिरहेको छ। अहिलेसम्म यहाँ १,००० जना बिरामी फेला परे पनि वृद्धिदर राष्ट्रिय औसतभन्दा दोब्बर छ।

चीनको वुहानमा गत वर्ष डिसेम्बर अन्त्यमा कोरोना भाइरसको पहिलो बिरामी फेला परेको थियो। नयाँ वर्षको सुरूआतसँगै यो भाइरसले पूरै चीनलाई आफ्नो चपेटामा लियो। त्यसपछि दक्षिणपूर्वी एसियाको कोरिया र सिंगापुर तथा मध्यपूर्वको इरानतिर फैलियो। त्यहाँबाट युरोपका इटाली, बेलायत, स्पेन, फ्रान्समा आफ्नो प्रभाव देखाउँदै पछिल्लो समय अमेरिका संसारकै महामारी केन्द्र बनेको छ।

चीनबाट युरोप र अमेरिकासम्म फैलिँदा पनि सीमावर्ति भारतमा भने कोरोनाको खासै प्रभाव देखिएको थिएन। जसै भारतले परीक्षण बढाउँदै लग्यो, त्यहाँ दिनैजसो दोब्बर बिरामी देखिँदै गए।

भारतमा पहिलो कोरोना मृत्यु मार्च १३ मा भएको थियो। त्यति बेलासम्म ७४ जना मात्र कोरोना बिरामी फेला परेका थिए। त्यसको १२ दिनपछि मार्च २५ बाट भारतले देशव्यापी लकडाउन सुरू गरेको हो, जुन अहिलेसम्म जारी छ।

बिरामी संख्या पाँच सय नाघ्दासम्म भारतमा ९ जनाको मृत्यु भएको थियो।

शुक्रबार साँझसम्म संसारभरि कोरोना संक्रमण संख्या ४५ लाख नाघेको छ भने ३ लाख ४ हजारभन्दा बढीको ज्यान गएको छ। यीमध्ये १७ लाखभन्दा बढी निको भइसकेका छन्।@सेतोपाटी

बाट थप

  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • आज अमेरिकी डलरको भाउ बढ्योआज अमेरिकी डलरको भाउ बढ्यो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑