
बैशाख, नवलपुर । नवलपरासीमा पनि एक जना पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझ आएको रिपोर्टमा पश्चिम नवलपरासीका ३६ बर्षिय पुरुषमा कोरोना देखिएको हो । संक्रमित प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरभ ढकालले मेरो नवलपरासी डटकमलाई जानकारी दिनुभयो ।
ढकालका अनुसार संक्रमित पुरुष भारतबाट केहिदिन अघि घर आएका थिए । ‘कतिदिन अगाडी कसरी आउनुभयो भन्ने बिषयमा हामीले सोधपुछ गर्दैछौं ।’ ढकालले भन्नुभयो ।
बुधबार भेटिएका २४ नयाँ संक्रमित मध्ये नवलपरासीका १, रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ । पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ ।
यसअघि बुधबार दिउँसो बाँके र कपिलबस्तुका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस