काठमान्डौ , वैशाख । नेपालमा आज फेरी १० जना कोरोना संक्रमित थपिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका संक्रमित कपिलबस्तुका हुन् ।कपिलबस्तु , यसोधरा गाउपलिका-५ र बुद्दभुमि नगरपालिका -७ , १० निबासी १८ , १९ , २० , २०, २४ , ३० , ३१ , ३४ , ३४ बर्षीय पुरुषहरु र अर्का एक उमेर नखुलेका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।स्वास्थ्य मन्त्रालयका सह प्रबक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार नया संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
संक्रमितमध्ये हालसम्म ३३ जना उपचारपछि डिस्जार्च भएका छन्। वीरगञ्जमा २७, नेपालगञ्जमा २४, विराटनगरमा १९, रुपन्देहीमा १६ र भरतपुरमा १ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ७३ हजार ५ सय ५५ जनाको कोरोना परीक्षण भएको छ। १६ हजार ८ सय ९८ जनाको पिसिआर र ५६ हजार ६ सय ५७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ। कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ३ र बाहिर १ सय ६१ गरी कुल १ सय ६४ जना आईसोलेसनमा छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस