काठमाडौँ, वैशाख। उपत्यकामा २ र उपत्यकाबाहिर १ सय ४१ जना सहित जम्मा १ सय ४३ जना कोरोनाभाइरसको संकास्पद बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबै को आइसोलेनमा उपचार भइरहेको छ ।
मन्त्रालयले देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना रहेको पनि जनाएको छ ।
यस्तै नेपालमा कोरोना संक्रमण देखिएका १ सय ९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेको शनिबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
आइतबार सम्म संक्रमितको संख्या १ सय १० पुग्दा प्रदेश नम्बर १ मा ३५ जनामा संक्रमण देखिएको उनको भनाइ छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस