काठमाडौं, वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा कोरोनाको महामारीको बीचमा पनि ‘आन्तरिक शक्ति समीकरण’को ‘म्युजिकल चेयर’ खेल जारी छ ।
गत सचिवालय बैठकमा रातारात साम्य भएको नेकपाको विवाद स्थायी समितिको पूर्वरार्धमा पुनः बल्झिएको छ । अध्यक्ष एवम् प्रधानमन्त्रीले पूर्वसहमति अनुसार ‘एक व्यक्ति एक पद’को व्यवस्थालाई लागू गर्न नमानेपछि विवाद पुनः उत्कर्षमा पुगेको हो ।
यसैबीच यसअघिको बैठकमा नाटकीयरुपमा समीकरण फेरेका कारण राजनीतिक तरङ्ग ल्याएका वामदेव गौतमले पुनः खुमल्टार फर्किएको प्रचण्डनिकट एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार उपाध्यक्ष वामदेव गौतमले बुधबार बिहानै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका हुन् । भेटमा गौतमले आफू प्रचण्ड-नेपालकै कित्तामा रहेको स्पस्टिकरण दिएका छन् । गौतमको भनाई उद्धृत गर्दै उनले भने, ‘म भेट्न आउँछु, प्राविधिक कारणबस अस्ति जे जस्तो भएतापनि मैले भावनात्मक रुपमा तपाईंहरुको साथ छाडेको छैन, छाड्ने छैन ।’
गौतमले यसअघि पनि नेपाललाई प्रधानमन्त्री र प्रचण्डलाई एकल अध्यक्ष बन्नुपर्छ भन्दै आफूले त्यसको लागि लड्ने वचनवद्धता व्यक्त गरेका थिए । अचानक क्याम्प फेरेपछि गौतमको सामाजिक सञ्जालमा व्यापक आलोचना हुँदै आएको छ ।@बुधवार
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस