
वैशाख, काठमाडौं । निको भएर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । रौतहटका एक युवक र भारतीय जमातीमा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन जना जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।
नारायणी अस्पतालमा दुई साता लामो उपचारपछि उनीहरुलाई १४ गते डिस्चार्ज गरिएको थियो । तीन पटक गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो ।
तर स्वास्थ्यमा समस्या देखिएको भन्दै दुबै जना २१ वैशाखमा फेरि अस्पताल पुगेका थिए । हाल आइसोलेनमा रहेका दुबैको कोराना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस