चितवन । भरतपुर कोरोना बिशेष अस्पताल र भरतपुर महानगरपालिकामा आज अख्तियारले छापा मारेको छ । अख्तियारले कोरोना अस्पतालमा छापा मारे लगतै भरतपुरमहानगरमा समेत छापा मारेर कोरोना अस्पताल सम्बन्धित महत्वपूर्ण कागजातहरु भरतपुर महानगरबाट समेत जफत गरेको हो । विभिन्न संचारमाध्यममा अस्पतालमा चोरी र अनियमितता भएको खबर थापा भएपछि कागजातहरु अख्तियारले नियन्त्रणमा लिइएको हो ।
ऐन नियम बिपरित लाखौ रकमको औषधि, पीपीई र माक्स खरिद गरेको थियो । भरतपुर महानगरको नेतृत्वमा निर्माण भएको अस्पतालले कुनै पनि सामान किन्दा टेण्डर प्रकियामा गएको छ्रैन । ऐनमा पाँचलाखसम्मको खर्चमा तीनवटा सप्लायर्ससँग दरभाउ पत्र मागेर सबभन्दा कम गर्नेसँग खरिद गर्नु पर्ने र त्यसभन्दामाथि टेन्डरमा जानुपर्ने नियम छ । तर अस्पतालले सामान खरिदमा कुनै पनि टेण्डर खुलाएको वा दरभाउ पत्र माग गरेको छैैन । अस्पतालले तत्कालै सामान चाहिएको कारणले गर्दा सामान किनेको बताएपनि अस्पताल स्थापना भएको एक सातापछि मात्रै सामान खरिद गरेको देखिन्छ ।
भरतपुर महानगरपालिकालाई अस्पताल सञ्चालन गर्न वागमती प्रदेश सरकारले चैत २० गते एक करोड दिएको थियो । त्यसअघि महानगरपालिकाको विपद् कोषबाट छ लाख ५० हजार लेखापाल खनालको नाममा पेस्की दिएको थियो । अस्पतालले बैशाख १ गते सम्म ७४ लाख ४४ हजार ४४ हजार ९९ रुपैया भुत्तानी गरेको देखिन्छ ।
महननगर आँफैले १ करोड ६ लाख ५० हजारको सिलिङ दिएको भएपनि २० लाख भन्दा बढी सिलिङ नाघेर काम गरेको छ । यो हिसाब बैशाख १ गते सम्मको मात्रै हो । अस्पतालले ५२ लाख रुपैया बिभिन्न स्थानमा भूत्तानी गर्न बाँकी रहेको देखिन्छ । जस्मध्य १२ सेट शौचालय बाथरुम तथा पाटेशन निर्माणको २५ लाख ४४ हजार, कर्मचारीको पारिश्रमिक १३ लाख ७७ हजार, क्वारेनटाईन खर्च ६ लाख र एयरकन्डीसन खर्च ६ लाख २४ हजार भुत्तानी गर्न बाँकी छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस