चितवन । भरतपुर महानगरले बनाएको कोरोना अस्थायी अस्पतालमा रातारात सामान चोरि भएको भिडियो सार्वजनिक भएपछी कोरोना अस्पतालको बास्तबिकता उदाङ्गो भएको छ । अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियोमा प्रष्ट देखिन्छ ।
भिडियो अनलाइन खबरले सार्वजनिक गरे यता सामाजिक संजालमा भाइरल छ । चोरी घटना बाहिरिएपछि कोरोना अस्थायी अस्पतालमा आर्थिक घोटाला भएको अनुमान गर्न थलिएको छ । यस बीच नेपाली कांग्रेस चितवनले कोरोना अस्थायी अस्पतालमा भएको चोरी छानबिनका लागि सर्वपक्षिय र सर्वदलिय छानबिन समिति बनाउन माग गरेको छ । कांग्रेस जिल्ला सचिव उत्तम जोशी का अनुसार अस्पतालमा थप चोरी हुन नदिन घटनामा संलग्नलाइ तत्काल निलम्बन गरि कारवाही प्रक्रिया अगाडी बढाउन कांग्रेसको माग छ ।
भरतपुर महानगरपालिकालाई अस्पताल सञ्चालन गर्न वागमती प्रदेश सरकारले चैत २० गते एक करोड दिएको थियो । चोरीमा संलग्न खनाल नेपाल निजामती कर्मचारी संगठन चितवनका जिल्ला अध्यक्ष हुन् भने बराल अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष हुन् ।
उता कोरोना अस्पतालको सामान चोरी र अनियमिता छानबिन गर्न सोमवार तीन सदस्यीय समिति गठन भएको बुझिएको छ । उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल समितिको संयोजक तोकिएका छन् । सदस्यमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक(एक जना रहनेछन् । समितिलाई छानबिन गरी एक हप्ताभित्र कार्यदलमा प्रतिवेदन बुझाउन भनिएको छ । भरतपुर अस्पतालले चोरीमा संलग्न भनिएका बराल र महानगरपालिकाले लेखापाल खनाल र स्वास्थ्य अधिकृत सुवेदीलाई फिर्ता बोलाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस